निषेधाज्ञा खुकुलो भएसँगै गाँजाको ओसारपसार बढ्यो

अन‌ि यो पनि

–अमृत चिमरिया
हेटौँडा । मकवानपुर लागूऔषध गाँजा उत्पादनको हब मानिने जिल्ला हो । मकवानपुरको कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिकाका क्षेत्रमा गाँजाखेती ठूलो लगानी गरेर हुने गरेको छ । मकवानपुर प्रहरीले ब्याड नै नष्ट गर्दा पनि गाँजाखेती रोकिएको छैन । लामो समयदेखि भएको निषेधाज्ञामा जिल्लामा ठूला गाडीहरु चल्न नपाउँदा निषेधाज्ञा केही खुकुलो भएपछि धमाधम गाँजा तस्करी हुन थालेको छ ।

दुई दिनमै डेढ क्विन्टल गाँजा

जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहीबार १ सय ४३ किलो ३०० ग्राम लागूऔषधसहित ३ जनालाई प्रकाउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी उपरीक्षकसहितको टोलीले विशेष सूचनाका आधारमा मनहरीबाट हेटौँडातर्फ आइरहेको ना १ ख ९९१० नम्बरको कन्टेनर गाडीलाई हेटौँडा उपमहानगरपालिका वडा नम्बर–११, थानाभ¥याङस्थित पूर्व–पश्चिम राजमार्ग सडकखण्डमा गाडीलाई रोकी चेकजाँच गर्दा गाडीको क्याविनभित्र चालक बस्ने सिटपछाडि फल्स बटम बनाई लुकाइछिपाइ ल्याएको १२ वटा पोकामा लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए ।

प्रहरीले गाडी चालक जिल्ला सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका वडा नम्बर–५, सिगार्से बस्ने २८ वर्षीय सनकबहादुर तामाङ, सहचालक वडा नं–८, मानेश्वरा बस्ने वर्ष २४ का सोमे तामाङ र सोही गाडीमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर–१, गल्छराङ बस्ने १८ वर्षीय सविन तामाङलाई प्रहरीले बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले बुधबार पनि हेटौँडा–१० बाट ९६ किलो गाँजाको कन्टेनरसहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गाडीका चालक मकवानपुर मनहरी–६ का २५ वर्षीय सन्तोष आले मगर, सहचालक २१ वर्षीय मोसा घलान, कन्टेनरमा सवार रहेका कैलाश–८, भार्ताका २४ वर्षीय उमेश लामा रहेका छन् ।

पक्राउ परेका उनीहरुको सूचनाको आधारमा बुधबार नै चितवन राप्ती–२ का ३१ वर्षीय विष्णु लामा र मकवानपुरको कैलाश–८ का २९ वर्षीय रोशन मुक्तानलाई पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

प्रहरीले मनहरीबाट हेटौँडातर्फ आइरहेको ना २ ख ५५७९ नम्बरको कन्टेनरमा लागूऔषध गाँजा ल्याइरहेको भन्ने सूचनाको आधारमा हेटौँडा–११, थानाभ¥याङमा गाडीलाई रोक्न खोज्दा नरोकी फरार भएपछि पिछा गर्दै हेटौँडा–१०, भुटनदेवी मोडमा नियन्त्रणमा लिएको थियो । कन्टेनर चेकजाँच गर्दा क्याविनभित्र चालक बस्ने सिटपछाडि फल्स बटम बनाई १२ वटा पोकामा ९६ किलो ४ सय ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिकृया

मुख्य समाचार

आयोग विघटन भएको छैन,सुकुमबासीले लालपूर्जा पाउँछन : जिल्ला अध्यक्ष पाठक

रत्ननगर १८ साउन । सुकुमबासी समस्या सामधान आयोग चितवनका अध्यक्ष यादवप्रसाद पाठकले सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने काम नरोकिने बताएका...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया