प्रजातन्त्रका सेनानीको नाममा सभाहलको घोषणा

अन‌ि यो पनि

भरतपुर । नेपाली कांग्रेस चितवनले प्रजातन्त्रका सेनानी एवम् नेपाली कांग्रेस चितवनका सल्लाहकार महेश्वरलाल श्रेष्ठको नाममा पार्टी कार्यालयमा रहेको सभाहलको नामाकरण गरेको छ । श्रेष्ठको निधन भएको १३ औँ दिनको पुण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जली सभामा कांग्रेसको पार्टी कार्यालयमा रहेको सभाहललाई उनको सम्झनामा महेश्वरलाल स्मृति सभाहल घोषणा गरिएको हो ।

श्रद्धाञ्जली सभामा नेपाली कांग्रेस चितवनका पूर्व सभापतिहरु कृष्णलाल सापकोटा, तोपमानसिंह गुरूङ, जिल्ला सदस्य केशव महर्जनलगायतले श्रेष्ठको योगदानको विषयमा चर्चा गरेका थिए । कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सभापति श्रेष्ठले सभाहलको नामकरण गरेका हुन् ।

विसं १९९४ साल पुस २९ गते बुबा सुब्बा मित्रलाल श्रेष्ठ र माता चुँदरीदेवीका साइला पुत्रको रुपमा मकवानपुरको चिसापानीगढीमा जन्मिएका उनले पाल्पाको पब्लिक पदम हाइस्कुलमा अध्ययन गरेका थिए । विसं २०१२ सालमा चितवन आएका उनले २०१४ सालाको भद्र अवज्ञा आन्दोलनमा कास्की जिल्लामा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

विसं २०१५ सालबाट चितवनमा स्थायी बसोवास गरेका उनी सोही वर्ष भएको आमनिर्वाचनमा ५६ नम्बर निर्वाचन क्षेत्रमा कांग्रेसका उमेदवारलाई विजयी गराउन मह¤वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

विसं २०१७ सालको राजनीतिक कु सँगै तनहँुको बन्दीपुर सशस्त्र आन्दोलनको नेतृत्व, २०१८ सालमा भरतपुर कब्जा गर्ने सशस्त्र क्रान्तिमा नेतृत्वदायी भूमिका निर्वाह गरेका स्वर्गीय श्रेष्ठ माडी, ठोरी क्षेत्रमा समेत सशस्त्र बिद्रोहमा नेतृत्व प्रदान गरेको कांग्र्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार विसं २०१८ सालपछि ८ वर्ष निर्वासन, पटक–पटक राजबन्दीका रुपमा जेल जीवन, २१ पटक हिरासतमा परेका उनी २०४६ सालको जनआन्दोलनमा तत्कालीन सरकारले राज्यद्रोहको आरोप लगाई सेनाको टुकडीले घर घेराउ गरेको थियो ।

प्रजातान्त्रिक आन्दोलनका अथक संघर्षशील योद्धा देशमा प्रजातन्त्र स्थापनार्थ आफूलाई समाहित गरेका महेश्वरलाल अविवाहित थिए । उनको निधन जेठ २२ गते काठमाडौँमा उपचारका क्रममा भएको हो ।

प्रतिकृया

मुख्य समाचार

यात्रुबाहक बस दुर्घटना हुँदा ११ घाइते

गलकोट । बागलुङमा आज बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ । मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१ सौराहस्थित काठमाडौँबाट बुर्तिवाङतर्फ जाँदै...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया