दुवै मिर्गौला फेल भएका थापाद्वारा सहयोगको याचना

अन‌ि यो पनि

–रामशरण गैरे
चनौली । दुवै मिर्गौला फेल भएका भरतपुर–१८, भीमनगरका ४८ वर्षीय लोकबहादुर थापामगरले उपचारका लागि सहयोगको याचना गरेका छन् । दुवै मिर्गौला फेल भएपछि उपचारका निम्ति खर्च नहुँदा ४८ वर्षीय थापामगरले शुभेच्छुकसँग सहयोगको याचना गरेका हुन् ।

रोजगारीको क्रममा भारतको दिल्लीमा रहँदा एक्कासि लगातार रगत बान्ता हुने, शरीर सुनिन थालेपछि स्वास्थ्य परीक्षण गर्दा उनको दुवै मिर्गौला फेल भएको पत्ता लागेको उनले बताए ।

उनी रोजगारीको सिलसिलामा विगत २० वर्षदेखि भारतको नयाँदिल्लीमा बस्दै आएका थिए । दुवै मिर्गौला फेल भएपछि उनी अहिले नेपाल आएका छन् । उनका दुई छोरी र एक छोरा छन् । कमाउने मान्छे नै बिरामी भएर थला परेपछि अहिले उनको परिवारमा ठूलो आर्थिक सङ्कट परेको छ । हाल औषधिको भरमा बाँचिरहेका थापाको हप्तामा दुईपटक डायलाइसिस भइरहेको छ । शुभेच्छुकको सहयोगमा एउटा मिर्गौला प्रत्यारोपण गरेर भए पनि बाँच्ने थापाको आशा छ ।

तनहुँको काहुँ, शिवपुर गापा–२ घर भई हाल भरतपुर–१८ मा भाडामा बस्दै आएका थापा अहिले जीवन–मरणको दोसाँधमा छन् । उनी हाल भरतपुरकै विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् ।

दिल्लीको सानो रोजगारीले ५ जनाको परिवारको जीविका चलाउँदै आएका थापा उपचारका लागि आर्थिकरुपमा अति कमजोर छन् । ‘एक जनाको कमाइले परिवारको गुजारा चलाउनै धौधौ भएको अवस्थामा दुईवटै मिर्गौलाले काम गर्दैन । डाक्टरले कि त प्रत्यारोपण गर्नुपर्छ, नत्र जति बाँचिन्छ बाँचुञ्जेल हप्ताको २ पटक डायलाइसिस गर्नुपर्छ भनेका छन्, कसरी बाँच्न सक्छु होला ?’ उनले भने ।

‘अब छोराछोरीको बिजोग हुने भयो’, आँखाभरि आँसुका धारा बगाउँदै थापाले बिलौना गर्दै भने, ‘हाल स्वास्थ्य बिमाबाट उपचारको पैसा नलागे पनि औषधिका लागि पैसा लाग्छ भनेर त्यहाँका डाक्टरहरुले भनेका छन्, तर पैसा छैन ।’ गरिब तथा विपन्न आर्थिक स्रोत भएका मिर्गौला रोगीलाई सरकारले निःशुल्क उपचार गर्ने भनेको छ, तर थापा उपचार खोज्दै भौँतारिइरहेका छन् ।

‘दुवै मिर्गौला काम नलाग्ने भएको दुई वर्ष भैसकेको छ, सामान्य औषधि उपचार गर्नेसमेत पैसा छैन, म बाँच्न चाहन्छु’, उनले भने । विगत दुई वर्षयता दैनिक औषधि खर्च अभाव भइरहेको बताउँदै उनले यो कोरोनाको कारण बन्दाबन्दी भएपछि यातायात नपाएको अवस्थामा अस्पताल आउन–जान निकै समस्या परेको बताए ।

आर्थिक अवस्था कमजोर भएका कारण श्रीमान्को उपचारमा समस्या भएको उनकी श्रीमती विष्णुमाया थापा बताउँछिन् । उनले भनिन्, ‘कसैले सहयोग गरेमा उहाँले पुनर्जन्म पाउनुहुन्थ्यो ।’ कमाएको सबै पैसा सकिएपछि अब मृत्यु कुर्नुको विकल्प नरहेको उनी रूँदै बताउँछिन् ।

प्रतिकृया

मुख्य समाचार

स्थानीयले लगाए वडा नं ४ को कार्यालयमा ताला

भरतपुर। भरतपुर महानगरपालिका वडा नं ४ को कार्यालयमा स्थानीयले ताला लगाएका छन् । निर्माणाधीन सडक लामो समयदेखि अलपत्र परेपछि...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया