पोखरालाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर

अन‌ि यो पनि

पोखरा । पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई बिहीबार पाँच थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको छ ।

कोभिड–१९ राहत सहयोग समितिको पहल तथा एनआरएनए स्कटल्यान्डको संयोजनमा खरिद गरिएको २० थान अक्सिजन कन्सन्ट्रेटरमध्ये पाँच थान उक्त अस्पताललाई हस्तान्तरण गरिएको हो ।

जर्मनीमा निर्मित १० लिटर क्षमता भएको उक्त कन्सन्ट्रेटर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक प्राडा भरतबहादुर खत्रीलाई हस्तान्तरण गरिएको हो ।

प्राडा खत्रीले स्कटल्यान्डका नेपाली संघसंस्था तथा व्यक्तिहरुले गरेको सहयोगप्रति अस्पताल निकै आभारी भएको बताए । सहयोग प्राप्त कन्सन्टे«टरले कोरोना सङ्क्रमितको उपचारमा निकै ठूलो मद्दत पुग्ने उनले बताए ।

प्रतिकृया

मुख्य समाचार

यात्रुबाहक बस दुर्घटना हुँदा ११ घाइते

गलकोट । बागलुङमा आज बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ । मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१ सौराहस्थित काठमाडौँबाट बुर्तिवाङतर्फ जाँदै...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया