खाद्य सुरक्षाप्रतिको उदासीनता

अन‌ि यो पनि

‘खाद्य’ मानिसले जीवननिर्वाह गर्नका लागि अत्यावश्यक छ । त्यसरी नै पर्याप्त खाद्यमाथिको पहुँचको मुद्दाले मानवअधिकारसँग प्रत्यक्ष सरोकार राख्छ, जसलाई मानवीय मर्यादाको मूलभूत विषयका रुपमा लिन सकिन्छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो रिपोर्टलाई आधार मान्दा अस्वस्थकर खानाकै कारण प्रत्येक वर्ष विश्वभरि नै करिब ४ लाख ५० हजार मानिस मृत्युको सिकार हुने गरेका छन् । तीमध्ये पनि ५ वर्षमुनिका बालबालिकाहरु सबैभन्दा धेरै जोखिममा परिरहेका देखिन्छन् । अस्वस्थकर खानाकै कारण खाद्यजन्य रोगबाट ग्रसित रहने बालबालिकाहरु करिब ४० प्रतिशतको हाराहारीमा हुने अवस्था देखिनुले भयावह तस्बिरलाई नै अघि सारेको पाइन्छ । असुरक्षित खाना ब्याक्टेरिया, भाइरस, परजीवीहरुको घर हो, जुन शरीरमा घातक रोगहरु निम्त्याउनमा कारक देखिन्छ ।

विभिन्न रासायनिक पदार्थहरुको मिलावट गरिएर तयार पारिएका खानाहरुले शरीरमा मन्द विष फैलाउनमा अहं भूमिका निभाउँछन्, त्यस्तो विष शरीरमा फैलिँदै गएर पछि उपचारै हुन नसक्ने अवस्था पनि आउन सक्छ । दूषित र असुरक्षितरुपमा उत्पादित गरिएका या तयार गरिएका खानाकै कारण वर्षैपिच्छे ६ करोडभन्दा बढी मानिसहरु रोगी हुने अवस्थालाई विचार गर्ने गर्ने हो भने खाद्य सुरक्षाको मह¤वलाई त्यति कम आँक्न नहुने शिक्षा पाइन्छ । खाद्य सुरक्षाका विभिन्न आयामहरु छन् र हुन्छन्, जसलाई सरकारले मात्रै त्यसप्रति ध्यान दिएर पुग्दैन । खाद्य उत्पादन गरेपछि त्यसको वितरण प्रणाली चुस्तदुरूस्त हुन आवश्यक छ । त्यसरी नै खाद्यको व्यापार र उपभोग गर्ने उपभोक्ता हरेकको जिम्मेवारी खाद्य सुरक्षाको हकमा लागू हुन्छ । उत्पादनदेखि उपभोग गर्दासम्मको प्रक्रिया पारदर्शी हुनसक्यो भने त्यसले खाद्य सुरक्षालाई नै भरपर्दो र विश्वसनीयरुपमा बढवा दिने हो । खाद्य सुरक्षा सबैको सरोकारको विषय हो, यसबाट पर हट्ने कल्पना गर्न सकिँदैन । खाद्यप्रतिको हेलचेक्र्याइँ र दुरूपयोगले गर्दा खाद्य असुरक्षाको मुद्दामात्रै नभएर त्यसले मानव जीवनचक्रमै गहिरोरुपमा प्रभाव पार्ने हुनाले खाद्य सुरक्षाको प्रश्न सदैव अहं रहँदै आएको पनि हो ।

खाद्य सुरक्षाप्रतिको उदासीनता भने वर्तमान समयमा बढ्दो छ । जे पनि खाने मानसिकताले त्यसको सुरक्षाको मुद्दालाई ओझेलमा पारिराखेको छ । खाना खानु पेट भर्नका लागिमात्रै नभएर स्वास्थ्य सुरक्षाका लागि पनि हो भन्ने चेतना आममानिसहरुमा त्यति देखिँदैन । कहिले मीठो खाना भन्दै चाहिनेभन्दा बढी खाने र कहिले खाँदै नखाने संस्कारले समाजमा गहिरोसँग जरा गाडेको छ । अझ, कतै खाना बढी भएर फाल्ने त कतै खानै नपाएर भोकै बस्नुपर्ने अवस्थासमेत विद्यमान रहेको वर्तमान समयमा खाद्य सुरक्षाप्रति देखिएको लापर्बाहीले सामाजिक संरचना नै खलबल्याइरहेको छ । हालको खाद्य सुरक्षाको अवस्था र त्यसले भोलिको विकास लक्ष्यसँगको सम्बन्धमा पार्ने असरबारे अहिले नै सचेत हुन नसक्ने हो भने आउँदा दिनहरु थप असुरक्षित बन्दै जाने निश्चित नै छ । त्यसैले पनि खाद्य अधिकारप्रतिको सचेतना अहिलेको आवश्यकता पनि हो ।

 

प्रतिकृया

मुख्य समाचार

यात्रुबाहक बस दुर्घटना हुँदा ११ घाइते

गलकोट । बागलुङमा आज बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ । मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१ सौराहस्थित काठमाडौँबाट बुर्तिवाङतर्फ जाँदै...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया