व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

अन‌ि यो पनि

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा उद्योगधन्दा खुलाएर जनजीवन सहज बनाइदिन अनुरोध गरेका छन् ।

अध्यक्ष अधिकारीले बिहीबार फेन्सी व्यवसायी संघको अपिल जारी गर्दै व्यवसाय नियमित सञ्चालनका लागि उद्योग वाणिज्य संघ चितवन, जिल्ला प्रशासन कार्यालय, भरतपुर महानगरपालिका तथा सम्बन्धित सबैमा अनुरोध गरेका हुन् ।

उनले अपिलमा भनेका छन्, ‘विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को संक्रमणका कारण वैशाख १६ गतेदेखि व्यवसायीहरु आफ्नो व्यापार व्यवसाय पूर्णरुपमा बन्द गरी कष्टकर जीवन बिताइरहेका छौँ । यस विषम परिस्थितिमा हामी व्यवसायीहरु सचेत र जिम्मेवार रहेकाले व्यवसाय सञ्चालन गर्दा सरकारद्वारा लागू गरिएका सुरक्षाका मापदण्डहरुको पूर्णरुपमा पालना गरी निश्चित समयावधिका लागि व्यवसाय सञ्चालन गर्न प्रतिबद्ध रहेको जानकारी गराउँदछौँ ।’

उनले बन्दाबन्दीको समयको घरभाडामा सहुलियत, बैंक तथा वित्तीय संस्थाको व्याजमा छूट र समयावधि थपको लागिसमेत सम्बिन्धत पक्षसँग अनुरोध गरेका छन् । साथै, व्यवसायीहरु धेरै व्यक्तिसँग सम्पर्कमा रहनुपर्ने भएकाले खोपको व्यवस्था मिलाइदिन पनि सम्बन्धित निकायसँग जोडदार माग गरेका छन् ।

प्रतिकृया

मुख्य समाचार

यात्रुबाहक बस दुर्घटना हुँदा ११ घाइते

गलकोट । बागलुङमा आज बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ । मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१ सौराहस्थित काठमाडौँबाट बुर्तिवाङतर्फ जाँदै...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया