मुख्यमन्त्री पौडेलद्वारा नारायणी कटान क्षेत्रको अवलोकन

अन‌ि यो पनि

गोलाघाट । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नारायणी नदीले कटान गरेको पश्चिम चितवनका विभिन्न क्षेत्रको बिहीबार अवलोकन गरेका छन् । मुख्यमन्त्री पौडेलले नारायणी नदीले कटान गरेको गोलाघाट, न्युरेचोक, सिस्वार, गाजीपुरलगायतका नदी तटीय क्षेत्रको अवलोकन गर्नुका साथै स्थानीयका समस्यासमेत बुझेका थिए ।

सो अवसरमा मुख्यमन्त्री पौडेलले मानवबस्तीमा बाढी पस्नबाट रोक्न तत्कालका लागि गर्न सकिने कामका लागि प्रदेश सरकारले यथोचित बजेट उपलब्ध गराउने बताए । यसवर्ष पुनः बाढी आउन सक्ने भन्दै उनले सबैलाई सचेत रहन आग्रहसमेत गरेका थिए । तत्कालीन र दीर्घकालीनरुपमा नदी नियन्त्रणको काम सुरू गरिने बताउँदै मुख्यमन्त्रीले भने, ‘वर्षा सुरू भइसकेकाले तत्कालका लागि यसलाई नियन्त्रण गर्ने कामका निम्ति प्रदेश सरकारले सक्दो सहयोग गर्छ ।’

भरतपुर महानगरपालिकाको वडा नं–२६ र २७ का विभिन्न स्थानमा नारायणी नदीले बर्सेनि कटान गरेर दुःख दिएको भन्दै स्थानीयले दीर्घकालीन समाधानका लागि मुख्यमन्त्रीसँग आग्रह गरेका थिए । उनीहरुले नदीकिनारबाट जथाभावी नदीजन्य पदार्थ उत्खनन हुँदा बर्सेनि नदी मानवबस्तीतिर आइरहेकोतर्फ पनि ध्यानाकर्षण गराएका थिए ।

लगातारको वर्षाका कारण नारायणी नदीमा आएको बाढी भरतपुर महानगरको वडा नं–२६ का हिरापुर, सिसै, भगडीलगायतका बस्तीमा पसेपछि त्यस क्षेत्रका २८ घरका बासिन्दाहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो ।

अवलोकनका क्रममा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति पार्वती रावलले दीर्घकालीनरुपमा नारायणी नदीलाई व्यवस्थित गरी सदाका लागि यो समस्या अन्त्य गर्नुपर्नेमा जोड दिएकी थिइन् ।

उक्त अवसरमा बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जेएन थपलिया, बागमती प्रदेश सांसद् विजय सुवेदी र कृष्णप्रसाद भूर्तेल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकाल, भरतपुर–२६, २७ र २८ वडाका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया

मुख्य समाचार

यात्रुबाहक बस दुर्घटना हुँदा ११ घाइते

गलकोट । बागलुङमा आज बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ । मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१ सौराहस्थित काठमाडौँबाट बुर्तिवाङतर्फ जाँदै...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया