बाढीमा दुई चिनियाँ र एक भारतीयको मृत्यु

अन‌ि यो पनि

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको उत्तरपश्चिम गाउँ हेलम्बु र भोताङको शीरबाट बगेका दुई छुट्टाछुट्टै नदीबाट आएको बाढीले बगाउँदा तीन विदेशीको मृत्यु भएको छ ।

हेलम्बुबाट बग्ने मेलम्ची खोला र भोताङबाट बग्ने इन्द्रावती खोलामा आएको बाढीले बगाउँदा दुई चिनियाँ र एक भारतीय नागरिकको मृत्यु भएको पुष्टि भएको हो । बाढीले बगाएका १३ जना अझै बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका अनुसार मृत्यु हुनेमा भारतीय नागरिक कमल लोचन महत्तो, चिनियाँ नागरिक यु चि झु र गोड टियान छियो छन् ।

मेलम्ची खोलामा आएको बाढीमा परेर २० जना बेपत्ता भएको प्रारम्भिक तथ्याङ्क थियो । पछि चार जना सम्पर्कमा आएका थिए । हाल १३ जना बेपत्ता भएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एव प्रमुख जिल्ला अधिकारी अरुणप्रसाद पोखरेलले जानकारी दिए । बाढीमा फसेका ७४ जनाको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेको छ । रासस

प्रतिकृया

मुख्य समाचार

आयोग विघटन भएको छैन,सुकुमबासीले लालपूर्जा पाउँछन : जिल्ला अध्यक्ष पाठक

रत्ननगर १८ साउन । सुकुमबासी समस्या सामधान आयोग चितवनका अध्यक्ष यादवप्रसाद पाठकले सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने काम नरोकिने बताएका...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया