भरतपुर महानगरद्वारा साझापुरमा आपत्कालीन सामूहिक आवास भवन निर्माण

अन‌ि यो पनि

भरतपुर । भरतपुर महानगरले जिल्लामा नै पहिलोपटक अत्याधुनिक आपत्कालीन आवास (इमरजेन्सी सेल्टर) सञ्चालनमा ल्याएको छ । बाढी प्रभावित क्षेत्रको रुपमा परिचित नारायणी र राप्ती नदी आसपास क्षेत्रलाई समेट्ने गरी साझापुरमा आपत्कालीन सेल्टर निर्माण गरी प्रयोगमा ल्याएको हो ।

बाढी तथा अन्य विभिन्न विपद् व्यवस्थापन गर्न सघाउ पुग्ने उद्देश्यले चितवन जिल्लाकै पहिलो इमरजेन्सी सेल्टर पश्चिम चितवनको भरतपुर–२८ साझापुरमा सञ्चालन गरिएको हो । शिलान्यास भएको १८ महिनामा नै भवनको निर्माण सम्पन्न गरिएको महानगरले जनाएको छ ।

एक करोड ७२ लाख रुपैयाँ भ्याटबाहेकको रकममा निर्माण सम्पन्न दुई तले भवनको पहिलो तलमा ठूलो हल र माथिल्लो तलमा अतिआवश्यक सामग्री स्टोर गर्ने कोठा र अफिस कोठा रहेको सघन सहरी तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख प्रकाश अर्यालले जानकारी दिए ।

जहाँ ६ कठ्ठा ५ घुर जमिनमा २२० वर्गमिटर क्षेत्रफल आगटेको भवनमा अत्याधुनिक अलग अलग महिला र पुरूष शौचालयसमेत रहेको छ । भवनको एक औपचारिक कार्यक्रमबीच भरतपुर महानगरकी मेयर रेनु दाहालले उद्घाटन गरेकी छन् ।

सघन सहरी तथा भवन निर्माण आयोजनाले भरतपुर महानगरसँग समन्वय गरेर निर्माण गरेको भवन मेयर रेनु दाहाल र उपमेयर पार्वती शाहलाई आयोजनाका प्रमुख इन्जिनियर प्रकाश अर्यालले हस्तान्तरण गरेसँगै उद्घाटन भएको हो ।
भवनमा विपद्को समय उद्धार गरी ल्याइएका पीडितहरुलाई राखिनुका साथै विपद्को समयमा आवश्यक सामग्रीहरु स्टोर गर्ने व्यवस्थासमेत रहेको मेयर दाहालले बताइन् । भवनमा एक पटकमा दुई सय जनालाई राख्न सक्ने क्षमतामा रहेको छ ।

मेयर दाहालले सदैव स्थानीय सरकार भरतपुर महानगर गरिब तथा विपन्न जनताको हितमा काम गर्दै आएको बताइन् । ‘लामो कसरतले जनतामाझ बोलेका कुरा पूरा भएको छ’, उनले भनिन्, ‘सधैँ बाढी प्रभावित हुने वडा नम्बर २७ र २८ सहित आसपासका जनतालाई यसले यो विपद्कै घडीमा ठूलो राहत मिल्ने छ ।’

यस्तै, उपमेयर पार्वती शाहले बाढीलगायतका विभिन्न जोखिमबाट स्थानीयलाई बचाउन भवन निकै उपयोगी हुने विश्वास व्यक्त गरिन् । महानगरले पहिलो चरणमा सघन सहरी तथा भवन निर्माण आयोजनाको समन्वयमा निर्माण भएको सेल्टर महानगरको विपद् जोखिम रहेका अन्य ठाउँमा समेत निर्माण गरिने प्रतिबद्धता जनाइन् ।

साझापुरका स्थानीय बुद्धि कँडेलले यो भवन बनेपछि निकै खुसी लागेको बताए । यसले बोटे, मुसहर र जनजातिलाई अझै सहज भएको उनको भनाइ छ ।

भवन निर्माणले गर्दा अबका दिनमा जुनसुकै प्राकृतिक विपत्ति आउँदा अन्यत्र वा विद्यालयमा राख्नुपर्ने बाध्यता हटेकोमा स्थानीय श्याम अधिकारीले खुसी व्यक्त गरे । महानगरसँगै जिल्लाकै सबै प्रभावित ठाउँमा यस्तै सेल्टर बनाएर जनतालाई सुरक्षित अनुभूति गराउन उनले मागसमेत गरेका छन् ।

प्रतिकृया

मुख्य समाचार

यात्रुबाहक बस दुर्घटना हुँदा ११ घाइते

गलकोट । बागलुङमा आज बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ । मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१ सौराहस्थित काठमाडौँबाट बुर्तिवाङतर्फ जाँदै...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया