कालिका नगरभित्रका आमाविहीन बालबालिकालाई संरक्षण गरिने

अन‌ि यो पनि

रत्ननगर । चितवनको कालिका नगरपालिकाले नगरभित्रका आमाविहीन (टुहुरा) बालबालिकालाई संरक्षण गर्ने भएको छ ।
आगामी आर्थिक वर्षका लागि बिहीबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा टुहुरा बालबालिकाको शिक्षा, स्वास्थ्य तथा लालनपालनको लागि आवश्यक आर्थिक सहयोग गर्ने जनाइएको छ ।

आमाविहीन अतिविपन्न बालबालिकाहरुलाई विशेष आर्थिक सहयोग गर्ने र उनीहरुको संरक्षण स्थानीय सरकारले गर्ने गरी योजना बनाइएको नगरप्रमुख खुमनारायण श्रेष्ठले बताए ।

बालबालिकालाई प्रदान गर्ने सहयोग रकम आगामी असार १० गते पेश हुने बजेटमा प्रस्तुत हुनेछ । कालिकाले अर्को लोकप्रिय कार्यक्रमका रुपमा अपाङ्गतासम्बन्धी ‘ग’ वर्ग (पहेँलो कार्ड) को परिचय पत्र प्राप्त गरेका अपाङ्गता भएका व्यक्तिहरुलाई मासिकरुपमा भत्ता उपलव्ध गराइने नगर प्रमुख श्रेष्ठले बताए ।

अहिले रातो र निलो कार्ड प्राप्त गरेका व्यक्तिहरुले मात्र सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका छन् । नगरपालिकाले ल्याएको नीति कार्यक्रममा ज्येष्ठ नागरिकको सम्मानस्वरुप उनीहरुको मनोरञ्जनका लागि विश्रामस्थल तथा धामिक भ्रमणजस्ता कार्यक्रम समेटिएका छन् ।

शिक्षाको गुणस्तर वृद्धिका लागि नगरक्षेत्रभित्रका सामुदायिक विद्यालयहरुलाई नमुना विद्यालयको रुपमा विकास गर्ने कार्यक्रम तय गरी सञ्चालन गर्ने जनाएको छ । कोभिडका कारण अभिभावक गुमाएका छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिने, प्राविधिक शिक्षा अध्ययन गर्नेहरुलाई छात्रवृत्ति प्रदान गरिने, सामुदायिक विद्यालयहरुलाई बस प्रदान गरिने कालिकाले नगरपालिकाले ल्याएको नीति कार्यक्रममा उल्लेख छ ।

नगरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सम्भावित पर्यटकीय क्षेत्रको विकास गर्ने, सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई नगरक्षेत्रको पर्यटकीय स्थल भ्रमण गराउने व्यवस्था मिलाउने, कालिका ९ शेरवासका साथै अन्य क्षेत्रमा निजी क्षेत्रको साझेदारीमा होमस्टे स्थापना गरिने, उदयपुर सामुदायिक वनमा कफी सपसहितको फ्रि बाइफाई जोनको व्यवस्था मिलाइने नगर प्रमुख श्रेष्ठले बताए ।

कृषि र पशुपालनका क्षेत्रलाई प्राथमिकता दिँदै आएको कालिका नगरपालिकाले आगामी वर्ष कुरिलो तथा सोइजन (सितल चिनी ) को व्यावसायिक खेतीलाई प्राथमिकता दिने जनाएको छ । त्यस्तै जग्गा भाडामा लिई सामूहिक खेती तथा बोरिङ सिँचाई प्रणालीबाट खेती गर्ने कृषकहरुलाई लाग्ने विद्युत् महसुलमा आंशिक अनुदान दिने नीति अवलम्बन गरिने जनाएको छ ।

आगामी वर्ष पनि पूर्वाधारलाई प्राथमिकता दिने जनाएको कालिका नगरपालिकाले सबै वडाहरुबाट माग भएका आयोजनाहरुको सूची तयार गरी नगरस्तरीय योजना बैँक तयार गर्ने र आगामी आर्थिक वर्षहमा सोही योजना बैँकबाट आयोजना छनोट गरी कार्यान्वयन गर्दै लैजाने गरी विकास योजना तयार गरिने उनले बताए ।

नगरसभामा प्रस्तुत गरिएका नीति तथा कार्यक्रममा दफावार छलफल गरी आगामी असार १० गतेसम्मका लागि नगरसभा स्थगित भएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अच्युतराज रेग्मीले बताए । कालिका नगरपालिकाले आगामी आर्थिक वर्षका लागि करिब एक अर्बको बजेट ल्याउँदैछ ।

प्रतिकृया

मुख्य समाचार

आयोग विघटन भएको छैन्,सुकुमबासीले लालपूर्जा पाउँछन : जिल्ला अध्यक्ष पाठक

रत्ननगर १८ साउन । सुकुमबासी समस्या सामधान आयोग चितवनका अध्यक्ष यादवप्रसाद पाठकले सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने काम नरोकिने बताएका...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया