बजेटबारे महानगरलाई चितवन उद्योग संघको सुझाव

अन‌ि यो पनि

भरतपुर । भरतपुर महानगरपालिकाको आर्थिक वर्ष ०७८/७९ कोे बजेट, नीति तथा कार्यक्रमका लागि चितवन उद्योग संघले सुझाव पेश गरेको छ । चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललाई सुझाव पत्र हस्तान्तरण गरे ।

औद्योगिक नीति निर्माण तथा प्रदर्शनी केन्द्र सञ्चालन विभागका संयोजक एवं चितवन उद्योग संघका उपाध्यक्ष युगराज वस्तीले औद्योगिक प्रवद्र्धन, उद्यमी क्षमता अभिवृद्धि र रोजगारी सिर्जना र सीप विकास, राजस्व परामर्श, कृषि तथा पशुपक्षीसम्बन्धी तयार गरिएको सुझावहरुलाई प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले भरतपुर महानगरपालिकाको बजेट, नीति तथा कार्यक्रमका लागि संघद्वारा तयार गरिएको सुझाव र संघले अघि सारेका महत्त्वपूर्ण परियोजनाहरुको बारेमा जानकारी गराएका थिए ।

सुझाव पत्र हस्तान्तरण कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले चितवन उद्योग संघ र भरतपुर महानगरपालिकाबीच महानगरको विकास र महानगरका हरेक गतिविधिहरुमा सहकार्य गर्दै आएकोले चितवन उद्योग संघले ल्याएको सुझावलाई महत्त्वका साथ महानगरको बजेट, नीति तथा कार्यक्रममा सम्बोधन गरिने बताइन् ।

कार्यक्रममा चितवन उद्योग संघका संघका निवर्तमान अध्यक्ष भेषराज दुवाडी, भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह, प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा, संघका सञ्चार अधिकृत राजु भट्टलगायतको उपस्थिति रहेको थियो ।

चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गरेको सुझाव पेश कार्यक्रमलाई चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेलले धन्यवादसहित समापन गरेका थिए ।

प्रतिकृया

मुख्य समाचार

आयोग विघटन भएको छैन,सुकुमबासीले लालपूर्जा पाउँछन : जिल्ला अध्यक्ष पाठक

रत्ननगर १८ साउन । सुकुमबासी समस्या सामधान आयोग चितवनका अध्यक्ष यादवप्रसाद पाठकले सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने काम नरोकिने बताएका...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया