चितवनमा कोरोना : भेन्टिलेटरमा ३१ र आइसियूमा १०० जनाको उपचार

अन‌ि यो पनि

चितवन ०३ असार । चितवनका अस्पतालमा कोरोना संक्रमितको संख्या २५१ मा झरेको छ। बिहीबारको तथ्यांकअनुसार भेन्टिलेटरमा ३१ जना, आइसियूमा १०० जना र एचडियूमा ४० जनासहित २५१ जनाको उपचार भइरहेको छ। भरतपुर अस्पतालमा दुई जना भेन्टिलेटरमा, १८ जना आइसियूमा, २२ जना एचडियूमा र ४५ जना जनरल वार्डमा गरी ८५ जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

चितवन मेडिकल कलेजमा भेन्टिलेटरमा १८ जना, आइसियूमा ४६ जना र एचडियूमा १२ जना गरी ५८ जनाको उपचार चलिरहेको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीले जानकारी दिए। यस्तै पुरानो मेडिकल कलेजमा ११ जना भेन्टिलेटरमा, २८ जना आइसियूमा र चार जना एचडियूमा गरी ३२ जनाको उपचार चलिरहेको छ। विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आइसियूमा एक जना, एचडियूमा दुईजना र जनरल वार्डमा पाँच जना गरी आठ जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

निजी अस्पतालमा २० जना

सरकारी र मेडिकल कलेजबाहेक चितवनका निजी अस्पतालहरुमा पनि २० जना कोरोना संक्रमितको उपचार भइरहेका छन्। तथ्यांकअनुसार सात जना आइसियूमा र १३ जना जनरल वार्डमा उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

आइसोलेसन केन्द्रमा ४८ जना

कोरोना संक्रमितको लागि चितवनका छवटा स्थानीय तहले स्थापना गरेको आइसोलेसन केन्द्रमा ४८ जना संक्रमितकले स्वास्थ्य लाभ गरिरहेका छन्। राप्ती नगरपालिकाले स्थापना गरेको आइसोलेसन केन्द्रमा भने संक्रमितको संख्या शून्य छ। सबैभन्दा धेरै भरतपुर महानगरपालिकाको आइसोलेसन वार्डमा उपचाररत छन्, जहाँ २४ जनाले उपचार सेवा लिइरहेका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

त्यसपछि माडी नगरपालिकामा तीनजना, रत्ननगर नगरपालिकामा एक जना, खैरहनी नगरपालिकामा आठ जना, कालिका नगरपालिकामा सात जना र इच्छाकामना गाउँपालिकामा पाँच जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीले जानकारी दिए।

आठ जनाको मृत्यु

चितवनका अस्पतालबाट पछिल्लो २४ घण्टामा आठ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। तीमध्ये चितवनका मात्रै पाँच जना छन्। अन्य तीन जनामध्ये दुई जना नवलपुर र एक जना मकवानपुरका छन्। चितवनका तीन जना र नलवपुरका एक जनाको भरतपुर अस्पतालमा, चितवन र नवलपुरका एक/एक जनाको चितवन मेडिकल कलेजमा र चितवन र मकवानपुरका एक/एक जनाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

१९ जना घर फर्किए

चितवनका अस्पताल र आइसोलेसन केन्द्रहरुबाट बिहीबार १९ जना घर फर्किएका छन्। भरतपुर अस्पताल र चितवन मेडिकल कलेजबाट पाँच/पाँच जना घर फर्किएका छन्। यस्तै पुरानो मेडिकल कलेजबाट चार जना र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट दुई जना संक्रमणमुक्त भएर घर फर्किएका छन्। स्थानीय तहले स्थापना गरेको आइसोलेसन केन्द्रबाट दुई जना र निजी अस्पतालबाट एक जना संक्रमणमुक्त भएर घर फर्किएका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

तथ्यांक स्रोत : स्वास्थ्य कार्यालय चितवन

No photo description available.

प्रतिकृया

मुख्य समाचार

यात्रुबाहक बस दुर्घटना हुँदा ११ घाइते

गलकोट । बागलुङमा आज बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ । मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१ सौराहस्थित काठमाडौँबाट बुर्तिवाङतर्फ जाँदै...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया