मिर्गौलाका बिरामीलाई बेल्जियमबाट सहयोग

अन‌ि यो पनि

भीमनगर । दुवै मिर्गौला फेल भएर उपचाररत भरतपुर महानगरपालिका–१८, भीमनगरमा बसोवास गर्दै आएका ४८ वर्षीय लोकबहादुर थापामगरलाई बेल्जियममा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।

तनहुँको काहुँ, शिवपुर–२ घर भई हाल भरतपुर–१८, भीमनगरमा डेरा लिएर चितवन मेडिकल कलेज भरतपुरमा उपचार गराइरहेका थापामगरलाई बेल्जियममा रहेका श्रीप्रसाद सापकोटा, नेत्र मगर, दिनेशप्रसाद भण्डारी, भुवन सुवेदी, ईश्वरी कँडेल, भीम सुवेदी, चिरन खवास, भरत अधिकारी, पदम गुरूङलगायतका २० जनाले १ लाख ५ हजार रूपैयाँ संकलन गरी आर्थिक सहयोग गरेका हुन् ।

उक्त रकम बुधबार उनको डेरामा पुगेर नेपाल पत्रकार महासंघकी केन्द्रीय सचिव सृजना अर्याल, स्थानीय समाजसेवीहरु विष्णुप्रसाद ढकाल, सोमप्रसाद भण्डारी, चीजकुमार आलेलगायतले हस्तान्तरण गरेका थिए ।

पत्रकार महासंघकी सचिव अर्याल र उनी अध्यक्ष रहेको साहिनो एफएम परिवारले थापालाई उपचारमा आर्थिक अभाव भएपछि सहयोग जुटाउन पहल गरेका थिए । लोकबहादुर थापामगर बचाऊ अभियान सुरू गरिएको उनले बताइन् ।

उपचारमै सर्वस्व सकिएर आर्थिक अभावले सताइरहेको बेला बेल्जियमबाट सहयोग आएपछि धेरै राहत मिलेको थापामगरले बताए ।

प्रतिकृया

मुख्य समाचार

अमेरिकामा कोरोनाविरुद्ध खोप लगाउनेलाई एक सय डलर दिइने

वासिङ्टन । अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया