रत्ननगर । रत्ननगर–८ मा रहेको कल्याण टोल विकास संस्थाले आफ्नो सेवा क्षेत्रभित्रका हरिहर मार्गको सडक किनारमा शुक्रबार वृक्षरोपण गरेको छ ।
गाउँलाई हरियाली बनाउन नगरपालिकाको सहयोमा टोलका सदस्यहरुको सक्रियतामा वृक्षरोपण गरिएको कल्याण टोल विकास संस्थाका अध्यक्ष चन्द्रकान्त ओझाले जानकारी दिनुभयो । सडकको दायाँबायाँ ६ मिटर सडक फराकिलो गरी १७५ वटा कपुर, म्याङ्गोस्टिक र धुपीका बिरुवा रोपिएको थियो ।
वृक्षरोपणपछि टोलका सबै सदस्यहरुले रोपिएका बिरुवाको उचित संरक्षण गरेर हुर्काउने प्रतिबद्धता जनाएको अध्यक्ष ओझाले बताउनुभयो । कार्यक्रम कल्याण टोल विकास संस्थाका अध्यक्ष चन्द्रकान्त ओझाको अध्यक्षतामा भएको थियो ।
।
Discussion about this post