सहायक नदीको प्रभावले नारायणीमा बाढी !

अन‌ि यो पनि

–दिपेन्द्र अधिकारी
चितवन । चितवन जिल्लाको देवघाटमा पश्चिमबाट बगेर आउने कालीगण्डकी र त्रिशूलीको संगम छ । त्रिशूली नदीमा तनहुँबाट आएको सेती नदी घुमाउनेमा मिसिन्छ । मुग्लिनमा मस्र्याङ्दी नदी त्रिशूलीमा मिसिन्छ । धादिड, बेनिघाटमा बूढीगण्डकी नदी मिसिन्छ । उत्तरतर्फबाट बग्ने त्रिशूली नदीको मुहान रसुवा, गोसाईंकुण्ड हो ।

सातवटा नदीहरु मिलेर नारायणी नदी बनेको छ । जसमा कालीगण्डकी, बूढीगण्डकी, सेती, मादी, दरौँदी, मस्र्याङ्दी, त्रिशूली पर्छन् । गण्डकी नामले समेत चिनिने यस नदीलाई देवघाटबाट तल लागेपछि नारायणी भनिन्छ । यसलाई भारतमा गण्डक नामले चिनिन्छ । नवलपरासीको त्रिवेणीधाम हुँदै यो नदी भारतको गंगा नदीमा पुग्छ ।

नेपालको मध्य भागको हिमाली र पहाडी जिल्लामा भारी वर्षा भएमा त्यसको प्रत्यक्ष असर नारायणी नदीमा देखिन्छ । सातवटामध्ये कुनै एक नदी बढेमा पनि त्यसको असर देखिन्छ । माथिबाट बग्दै आउने सहायक नदीहरु बर्सादको समयमा उर्लंदा नारायणी नदी झनै ठूलो देखिनुमा सहायक नदीमा पर्ने प्रभाव हो ।

सहायक नदी भएको पहाडी जिल्लामा बर्साद हुँदा र तराईको भेगमा बर्साद नहुँदा पनि नारायणी धमिलोे हुने र सतह बढ्ने गरेको पाइन्छ । हिउँदको समयमा कतिपय सहायक नदीहरु हिँडेर पार गर्न सकिन्छ, तर नारायणी नदी पौडेर पनि पार गर्न गाह्रो हुने अनुभवीहरु बताउँछन् ।

नारायणी नदीलाई सप्तगण्डकीसमेत भनिन्छ । यो देवघाटधाम तथा भरतपुर नगरलाई देब्रे पार्दै बगेको छ । भारतको बिहार प्रदेशमा गंगाको मैदान हुँदै दक्षिण–पूर्वतर्फ मोडिएर पटनानजिकै गंगा नदीसँग मिल्दछ । नारायणी र यसका सहायक नदीको किनारमा लोमान्थाङ, जोमसोम, बेनी, बागलुङ, कुश्मा, रिडी, देवघाट, नारायणघाट सहर र बस्तीहरु पर्छन् ।
सेती नदी उत्तर–पश्चिम हिमालयबाट बग्छ । यो पोखराबाट बग्ने गर्दछ । यो नदी अन्नपूर्ण हिमालबाट सुरू भई चितवन र तनहुँ जिल्लाको संगम घुमाउनेमा पुगेर नारायणीमा मिसिन्छ ।

त्यस्तै, कालीगण्डकी नदी तिब्बतमा उत्पत्ति भएर मुस्ताङ जिल्ला हुँदै नेपाल छिर्छ । कागबेनी भन्ने स्थानमा मुक्तिनाथ मन्दिरमा उत्पत्ति हुने काग खोला र मुस्ताङ खोला मिसिन्छन् र त्यसपछि उक्त नदीलाई कालीगण्डकी भनिन्छ ।
यस नदीमा बेनीमा म्याग्दी खोला, कुश्मानजिकै मोदी खोला, रूद्रबेनीमा बडीगाड, आँधीखोला आदि मिसिन्छन् । त्यस्तै, मस्र्याङ्दी नदी दामोदर हिमालबाट उत्पत्ति भएको मानिन्छ । (सूचना स्रोत : विकिपिडिया)

प्रतिकृया

मुख्य समाचार

अमेरिकामा कोरोनाविरुद्ध खोप लगाउनेलाई एक सय डलर दिइने

वासिङ्टन । अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया