अरुको कुभलो गर्दा आफै फसिएला

अन‌ि यो पनि

नारायण प्रसाद रेग्मी

दरबारमा बीरबलको प्रभावकारी भूमिका कतिपय मन्त्री भारदारलाइ मन पर्दैनथ्यो। बीरबलले राजा अकबरलाई राज्य सञ्चालनमा उत्कृष्ट सरसल्लाह दिने गरेकोले उनी राजाका प्रिय पात्र हुनु स्वभाविक पनि थियो। राजपरिवारमा सदस्यको दारी कपाल काट्ने नाई पनि राजाको औधि मन पर्ने पात्र थियो। मन्त्री बीरवलका विरोधीहरुले नाई (हजाम)लाई प्रयोग गरेर बीरवललाई सिध्याउने योजना बनाए।

राजाको कपाल काट्ने क्रममा हजामले राजासँग बिन्ती गर्दै एउटा जादुगरसँग आफ्नो परिचय भएको र उसले स्वर्गका पितृहरुसँग सम्बन्ध स्थापित गरी पितृहरुको हालचाल बारे सूचना ल्याउने बेलीबिस्तार लगायो। राति सपनामा मरेका बाबुआमा देखेका राजा नाईको कुरा प्रति आकर्षित भए। उक्त काम फत्ते गर्न अक्कल जुक्ति भएको विश्वासी मान्छे चाहिने कुरा पनि नाईले राजा सामु बिन्ती बिसायो।

नाईले ब्याख्या गरे बमोजिमको पात्र बीरबल नै भएकोले राजाले बीरबललाई नै सो कामको जिम्मा दिने निधो गरे।जादूगरले बीरवललाई मन्दिर भित्र राखी आगो लगाई बीरबल उडेर स्वर्ग पुगि सकुशल एक महिना पछि पितृहरुको विवरण लिएर दरबार फर्कने स बिस्तार ब्याख्या राजाले बीरबललाई राखे। बीरबलले परिवारलाई पुग्ने सम्पति दिए आफु सो काम फत्ते गर्न राजी रहेको तर एक महिनाको समय भने चाहिने बिन्ती बिसाए। राजाले बिरवलको माग स्वीकार गरे। बीरबलका विरोधीहरु योजना सफल बन्दै गइरहेकोमा खुसी थिए।

बीरबरलमा जस्तो सुकै काम पनि फत्ते गर्ने बिशेष प्रतिभा थियो।एक महिनाको समय आफ्ना बिश्वासी सहयोगीहरु लगाएर बीरबलले मन्दिरबाट आफ्नो घरसम्म निस्कन मिल्ने सुरुङ बनाए। पुरानै शर्त अनुसार एक महिनाको समय पुरा भएपछि जादूगरको निगरानीमा बीरबललाई मन्दिरमा राखेर आगो लगाइयो। योजना पुरा भएकोमा विरोधीहरु खुसी भए। राजा स्वर्गका पितृहरुको खबर बुझ्ने आसमा लोभिए। जुक्ति बुद्धिका धनी बीरबल भने सुरक्षित रुपमा सुरुङ मार्ग हुँदै घर पुगिसकेका थिए।

एक महिनासम्म घरभित्रै लुकेर बढेको दारी कपाल लिएर बीरबल राजा सामु हाजिर भए। बीरबलका बिरोधीहरु दङदास भए पनि बास्तविकता थाहा पाउन भने सकेनन्। योजना बिफल भएकोमा चिन्तित भए। राजा पितृहरुको हालखबर बुझ्न आतुर थिए।बीरबलले स्वर्गमा पितृहरु अत्यन्त आनन्दित रहेको तर नाईको अभावले दाह्री कपाल काट्न अत्यन्त समस्या भैरहेको र एक महिनाको बसाइमा कपाल दाह्री काट्न नपाएको कुरा राजालाई सविस्तार बताए। पितृहरुले पृथ्वी पुगेपछि जतिसक्दो छिटो बिश्वासिलो नाई पढाइदिए आफुहरु पुत्र प्रति आभारी हुने कुरा ब्यक्त गरेकोले पितृहरुको चित्त बुझाउन राजासँग बीरबलले बिन्ती गरे। यसरी बीरबललाई फसाउँदा नाइ आफै फस्न पुगे ।

समाजका प्रायः मानिसहरु अरुको प्रगतिमा दुःखी बन्दै प्रताडिन्छन्। सोचाईको घेरालाई साघुरो बनाउँदै मानिसहरु बदलामा उत्रन्छन्। बिशेष गरी रजो र तमो गुण भएका मानिसहरुमा अरुको प्रगति प्रति नकरात्मक भाव पैदा हुन्छ।क्षणिक लोभ लालच भावका कारण अरुको कुभलो गर्नेहरु अकबर र बीरबलको कथामा ब्याख्या गरे झै सदाको लागि दुखको सागरमा फस्छन्। सर्बजन हितायः बसुदैव कुटुम्बकमको भाव राख्दै समाजका मानिस प्रति सद्धभाव करुणा राख्नसके जीवनमा प्रताडित बन्ने समस्याबाट सहजै छुटकारा मिल्छ र जीवन धन्य बन्छ।

सहायक क्याम्पस प्रमुख सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर,चितवन

प्रतिकृया

मुख्य समाचार

अमेरिकामा कोरोनाविरुद्ध खोप लगाउनेलाई एक सय डलर दिइने

वासिङ्टन । अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया