हामी चुनावमा जाँदैनौँ : आहुति

अन‌ि यो पनि

भरतपुर, २ असार। वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका संयोजक विश्वभक्त दुलाल आहुतिले सरकारद्वारा घोषित प्रतिनिधि सभाको निर्वाचनमा आफूहरू सहभागी नहुने बताएका छन् ।

संयोजक आहुतिले आज बुधबार विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जालद्वारा आयोजित भर्चुअल अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन् । सरकारले गत जेठ ८ गते मध्यरातमा प्रतिनिधि सभाको विघटन गर्दै २०७८ कात्तिक २६ गते शुक्रबार पहिलो चरण र २०७८ मंसिर ३ गते शुक्रबार दोश्रो चरणको नयाँ निर्वाचनको मिति घोषणा गरेको थियो ।

भर्चुअल अन्तरक्रिया कार्यक्रममा संयोजक आहुतिले धर्म परिवर्तनले जात व्यवस्थाको अन्त्य नहुने बताएका छन्। उनले धर्म परिवर्तन होइन त्याग गर्नुपर्छ भन्ने धारणा राखेका छन्। दलित समुदाय यदि नास्तिक र भौतिकबादी हुन सकेमा मात्र विभेदमा परिवर्तन भएको अनुभूति गर्न सक्ने जीकिर गरेका छन्।

अहिलेको व्यवस्थाले नेपाली समुदायको अधिकार स्थापित गर्न नसक्ने हुनाले वैज्ञानिक समाजबादले समग्र नेपालीहरूको अधिकार स्थापित गर्न पैरवी गर्ने संयोजक आहुतिको भनाई छ ।

त्यस्तै विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जालले पछिल्लो समय विभिन्न राजनीतिज्ञ, कानुन व्यवसायी, धार्मिक व्यक्तित्वहरू संग भर्चुअल जुम मार्फत जातीय विभेद् तथा धार्मिक विभेद्का विषयमा छलफल तथा संवादहरू गर्दै आइरहेको छ ।
सञ्जालले राजनीतिज्ञहरू कृष्णभक्त पोखरेल, प्रकाश स्नेही रसाईली, महेश्वर गहतराज, मीनबहादुर विश्वकर्मा, विश्वभक्त दुलाल आहुति, कानुन व्यवसायी पूर्ण केसी, आचार्य शितलकृष्ण महाराज जी लगायतको विशिष्ट व्यक्तिहरुसंग छलफल तथा संवाद कार्यक्रम सम्पन्न गरिसकेको छ ।

सञ्जालले जेठ २३ गतेदेखि निरन्तर धारावाहिक रुपमा भर्चुअल अन्तरक्रिया कार्यक्रम आयोजना गरिरहेको छ ।
हालसम्म विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जालले ७ वटा प्रदेश समिति, २८ वटा जिल्ला समिति विस्तार गरिसकेको आज भर्चुअल कार्यक्रममा अध्यक्षता समेत गरेका संयोजक अर्जुन रसाइलीले जानकारी दिए ।

प्रतिकृया

मुख्य समाचार

स्थानीयले लगाए वडा नं ४ को कार्यालयमा ताला

भरतपुर। भरतपुर महानगरपालिका वडा नं ४ को कार्यालयमा स्थानीयले ताला लगाएका छन् । निर्माणाधीन सडक लामो समयदेखि अलपत्र परेपछि...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया