ADVERTISEMENT
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

चितवन घुम्ने विदेशी पर्यटक उल्लेख्य बढी

by चितवन पोष्ट
२०७१ श्रावण २३, शुक्रबार ०२:३८ गते
in अर्थ, समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

कसरा । चितवन राष्ट्रिय निकुञ्ज घुम्न विदेशी नै बढी लालायित हुने गरेका छन् । विगत तीन वर्षको संख्या हेर्दा यही पुष्टि हुन्छ । योबीचमा निकुञ्ज घुम्ने विदेशी पर्यटकको संख्या उल्लेख्य मात्रामा बढेको छ भने सार्क क्षेत्र र स्वदेशी पर्यटकको संख्यामा सामान्यमात्रै सुधार देखिन्छ ।
निकुञ्ज कार्यालयको विवरणअनुसार आर्थिक वर्ष ०६९÷७० को तुलनामा गएको आर्थिक वर्ष ०७०÷७१ मा पर्यटकको संख्या बढेको छ । तर आर्थिक वर्ष ०६८÷६९ सँग तुलना गर्दा त्यो सुधार सामान्यजस्तो हो । तीन आर्थिक वर्षमध्ये वर्ष ०६९÷७० मा पर्यटक संख्या सबैभन्दा कम रहेको छ ।
आर्थिक वर्ष ०६८÷६९ मा चितवन राष्ट्रिय निकुञ्ज घुम्न कुल एक लाख ७० हजार ११२ पर्यटक आएका थिए । आर्थिक वर्ष ०६९÷७० मा भने यो संख्या घटेर एक लाख ५३ हजार ७४९ भयो । आर्थिक वर्ष ०७०÷७१ मा भने पर्यटक संख्या एक लाख ७३ हजार ४२५ पुगेको छ ।
चितवन निकुञ्ज घुम्न आउने विदेशी पर्यटकहरुको संख्या बढेको छ । चितवन निकुञ्ज घुम्ने नेपालीहरुको संख्या तीन वर्षअघिको जति यो आर्थिक वर्षमा पनि पुगेन । निकुञ्ज घुम्ने स्वदेशी पर्यटकको संख्या दुई वर्षअघिको तुलनामा जम्मा दुई हजारको हाराहारीमा मात्रै बढेको छ ।
आर्थिक वर्ष ०६८÷६९ मा निकुञ्ज घुम्ने नेपालीको संख्या ३९ हजार ७४८ थियो । आर्थिक वर्ष ६९÷७० मा नेपालीको संख्या ३१ हजार २८२ मा सीमित भयो । चितवन राष्ट्रिय निकुञ्जले दिएको जानकारीअनुसार गएको आर्थिक वर्ष ०७०÷७१ मा यो संख्या ३३ हजार २२६ पुग्यो ।
त्यसैले अघिल्लो वर्षको तुलनामा दुई हजारको हाराहारीमा मात्रै स्वदेशी पर्यटकहरु बढेको देखिन्छ । तर त्योभन्दा पनि अघिल्लो वर्षको संख्यासँग तुलना गर्ने हो भने झण्डै छ हजार पर्यटक अझै कम आएका छन् । सार्कको संख्या पनि कम नै छ । विदेशबाट आउने पर्यटकको संख्या यस्तो छैन ।
आर्थिक वर्ष ०६८÷६९ को तुलनामा आर्थिक वर्ष ०६९÷७० मा पनि विदेशीबाट निकुञ्ज घुम्न आउने पर्यटकको संख्या घटेको थियो । तर गएको आर्थिक वर्ष ०७०÷७१ मा विदेशी पर्यटकको संख्याले ०६८÷६९ को संख्यालाई उछिनेको छ ।
०६८÷६९ को तुलनामा विदेशी पर्यटकहरु आर्थिक वर्ष ०७०÷७१ मा १० हजार बढी आएका छन् । आर्थिक वर्ष ०६९÷७० सँग तुलना गर्दा सो संख्या १४ हजार बढी हो । स्वदेशीजस्तै सार्क क्षेत्रका पर्यटकहरुको संख्या तीन वर्षअघिको तुलनामा कम देखिएको छ ।
तीन वर्षअघिको तुलनामा नेपाली कम आएको मात्रै होइन, अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष ०७०÷७१ मा बढेको नेपाली पर्यटकहरुको संख्या पनि खासै सन्तोषजनक छैन । विदेशी १४ हजार र सार्कका तीन हजार बढ्दा नेपाली जम्मा दुई हजारमात्रै बढेका छन् ।
निकुञ्ज घुम्नेमा सबैभन्दा धेरै विदेशी, त्यसपछि स्वदेशी पर्यटकहरु हुने गरेका छन् । स्वदेशीपछि सार्कबाट घुम्न आउने पर्यटकको संख्या रहेको छ । पर्यटकको प्रवेश शुल्कबाट निकुञ्जले मनग्य आम्दानी गर्छ । आर्थिक वर्ष ७०÷७१ मा निकुञ्जले २४ करोड ६८ लाख ७१ हजार रुपैयाँ आम्दानी गरेको छ ।
विवरण    आर्थिक वर्ष  ०६८÷६९    आर्थिक वर्ष  ०६९÷७०    आर्थिक वर्ष  ०७०÷७१
विदेशी    १,१२,८५६    १,०८,७१४    १,२३,२८२
सार्क    १७,५०८    १३,७५३    १६,९१७
स्वदेशी    ३९,७४८    ३१,२८२    ३३,२२६
जम्मा       १,७०,११२    १,५३, ७४९    १,७३,४२५

Related Posts

बागमती प्रदेशका पत्रकारको मोजो तालिम अयोध्यापुरीमा सुरु

बागमती प्रदेशका पत्रकारको मोजो तालिम अयोध्यापुरीमा सुरु

सौराहामा पर्यटकीय बसपार्क बनाउन जग्गा सर्वे सुरु

चेपाङ विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

सौराहामा पर्यटकीय बसपार्क बनाउन जग्गा सर्वे सुरु

सौराहामा पर्यटकीय बसपार्क बनाउन जग्गा सर्वे सुरु

Discussion about this post

अन‌ि यो पनि

बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त
प्रमुख समाचार

बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त

हेटौँडा । सत्तारुढ नेकपामा देखिएको विवाद केन्द्र हुँदै प्रदेश तहदेखि स्थानीय तहसम्म देखिएको छ । नेकपाको विवादको सुरुवाती चरणदेखि नै...

Read more
बागमती प्रदेशका पत्रकारको मोजो तालिम अयोध्यापुरीमा सुरु

बागमती प्रदेशका पत्रकारको मोजो तालिम अयोध्यापुरीमा सुरु

सौराहामा पर्यटकीय बसपार्क बनाउन जग्गा सर्वे सुरु

चेपाङ विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

सौराहामा पर्यटकीय बसपार्क बनाउन जग्गा सर्वे सुरु

सौराहामा पर्यटकीय बसपार्क बनाउन जग्गा सर्वे सुरु

‘खाना खाने पैसा छैन, उपचार कसरी गर्ने ?’

‘खाना खाने पैसा छैन, उपचार कसरी गर्ने ?’

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In