विपद् न्यूनीकरणमा चुनौती

अन‌ि यो पनि

हाल देशभरि नै मनसुन सक्रिय रहेको छ । आइतबारबाट भित्रिएको मनसुन अझै केही दिनसम्म जारी रहने मौसम विभागले जनाएको छ । हाल लगातार परेको झरीबाट देशका कयौँ भागहरु डुबानमा परेका छन् भने एक ठाउँबाट अर्को ठाउँमा जाने सडकहरु अवरूद्ध हुँदा व्यवस्थापनमा समेत ठूलो समस्या आइरहेको छ ।

प्रत्येक वर्ष नेपालका पहाडी जिल्लाहरु पहिरो र तराईका जिल्लाहरु बाढीको प्रकोपमा बढी परेका देखिन्छन् । त्यसो हुनुका मुख्य कारणहरुमा देशमा रहेको भौगोलिक विकटताको अवस्था, विकास निर्माणका नाममा जथाभावी सडक खन्ने अभ्यास, जलवायु परिवर्तनको असर, जोखिमपूर्ण अवस्थामा रहेका ठाउँहरुमा बसोवासको व्यवस्था, प्राकृतिक सम्पदाहरुको दोहनलगायत रहेका छन्, जसले देशमा बाढीपहिरोजन्य प्रकोपको अवस्था नियन्त्रणभन्दा बाहिर पु¥याउने काम गरिरहेको पाइन्छ ।

बर्सादको मौसम सुरू नहुँदै देखा परेको बाढीपहिरोजन्य खतराको आशङ्काले भोलि आउने दिनहरु कम चुनौतीपूर्ण हुन नसक्ने देखाएको छ । असार लाग्दा नलाग्दै परेको लगातारको झरीले भौगोलिक विकटता रहेका देशका कयौँ भागहरु जलमग्न अवस्थामा रहनु विपद् व्यवस्थापनका लागिसमेत चुनौती थपिरहेको स्थिति हो । हाल देखा परेको मनसुन एक्कासि प्रकट भएको भने होइन ।

मौसम्विदहरुले केही समयअघिदेखि नै यसबारेमा अवगत गराएका थिए । समय रहँदै केही काम नगर्ने मानसिकताका कारण अहिले देशका ठाउँठाउँमा रहेका बस्तीहरु डुबानमा परिरहेको र मानिसहरु समेत विस्थापित भैरहेका खबरहरु छन् । पूर्वअनुमानलाई नै सत्य प्रमाणित गर्ने गरेर परेको लगातारको झरीले देशका धेरै क्षेत्रहरु डुबानमा पर्दा आमनागरिकको जीवनलाई त्यसले कष्टकर बनाइरहेको छ ।

सम्पूर्ण मुलुक नै यतिखेर जोखिम न्यूनीकरण र प्रतिकार्य योजनामा केन्द्रित हुनुपर्ने अवस्था आए पनि त्यसप्रति गम्भीर चासो र सरोकार नभएको पाइएको छ, जुन अहिलेको परिप्रेक्ष्यमा अत्यावश्यक कुरा हो । यसको अभावमा आगामी दिनहरु विपद् न्यूनीकरण अभियानका लागि खतरापूर्णसमेत बन्नेछन् भन्दा अन्यथा हुँदैन ।

हाल मनसुन सक्रिय रहेको र अझै केही दिनसम्म नै रहने अवस्थाले बाढीपहिरो जतिखेर पनि जान सक्ने स्थिति छ, त्यसैले प्राकृतिक प्रकोपलाई न्यूनीकरण गर्न पनि पूर्वसतर्कता अपनाउनु यतिखेर बढी मह¤वपूर्ण छ । क्षति भैसकेपछि पछुताउनुभन्दा क्षति हुनुपूर्व नै विशेष सतर्कता अपनाउन सक्ने हो भने धनजनको पूर्णरुपमा सुरक्षा गर्न सकिन्छ ।
गत वर्ष बाढीपहिरोजन्य प्रकोपका कारण ४०० भन्दाबढी मानिसहरुले ज्यान गुमाएका थिए भने ११०० भन्दाबढी परिवारलाई प्रत्यक्षरुपमा त्यसले प्रभाव पारेको थियो । गत वर्षकै अनुभव र शिक्षाका कारण पनि यसवर्षका लागि विपद् व्यवस्थापन पूर्वाधारलाई सशक्तरुपमा अघि बढाउनुपर्ने जरूरत छ । समयमै उद्धार सामग्रीको व्यवस्थापन गर्न नसकिएको अवस्थामा पोहोरकै क्षति यसवर्ष पनि भोग्न नपर्ला भन्ने छैन । नेपालको भौगोलिक अवस्थाका कारणले यस्ता प्रकारका आपतविपत्हरु वर्षैपिच्छे देखा नपर्ने होइनन्, अझ महाभूकम्पले जर्जर बनाएको अवस्थाका कारण बाढीपहिरोजन्य प्राकृतिक विपद् आउनु अनौठो पनि छैन । प्राकृतिक प्रकोपले पार्ने प्रभावलाई धेरै हदसम्म कम गर्न नसकिने भने होइन, मात्र त्यसप्रति संवेदनशीलता र काममा प्रतिबद्धताको खाँचो देखिन्छ । अहिले यसबारेमा जिम्मेवार निकायहरु सही तरिकाले प्रस्तुत हुन जरूरी छ ।

प्रतिकृया

मुख्य समाचार

आयोग विघटन भएको छैन्,सुकुमबासीले लालपूर्जा पाउँछन : जिल्ला अध्यक्ष पाठक

रत्ननगर १८ साउन । सुकुमबासी समस्या सामधान आयोग चितवनका अध्यक्ष यादवप्रसाद पाठकले सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने काम नरोकिने बताएका...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया