बागमतीको बजेट : कोरोना खोपदेखि आफ्नै सञ्चारगृहसम्म

अन‌ि यो पनि

-अमृत चिमरिया
हेटौँडा । बागमती प्रदेशको बजेट ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रूपैयाँको विनियोजन भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले प्रदेश सरकारको तर्फबाट क्षेत्रगत नीति तथा कार्यक्रमको कार्यान्वयनको लागि कुल बजेटमध्ये चालूतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार विनियोजन र पुँजीगततर्फ २९ अर्ब ७० करोड ३९ लाख ४ हजार रूपैयाँ विनियोजन भएको बताए ।

बजेट चालूतर्फ ४५ प्रतिशत, पुँजीगततर्फ ५१ प्रतिशत र वित्तीयतर्फ ४ प्रतिशत खर्च हुने अनुमान गरिएको छ । सरकारले बजेटको स्रोतमध्ये कर तथा राजस्वबाट २३ अर्ब ८२ करोड १८ लाख र अन्य राजस्वतर्फ ६ अर्ब ८२ करोड १३ लाख, संघीय सरकारबाट वित्तीय हस्तान्तरण अनुदानबाट प्राप्त हुने १६ अर्ब ९२ करोड ६८ लाख, विविध प्राप्तिबाट १ अर्ब ५ करोड ९ लाख र चालू आर्थिक वर्षबाट राजस्व बचतबाट ९ अर्ब १० करोड प्राप्त हुने अनुमान गरिएको मन्त्री ढुंगेलले बताए ।

कोरोना खोप र बालबालिकालाई भत्ता

बागमती प्रदेश सरकारले कोभिडको कारण निम्त्याएको संकटको लागि बजेटको ठूलो हिस्सा ओगटेको घोषणा गरेको छ । प्रदेश सरकारले कोरोनाविरूद्धको खोपको लागि २ अर्ब बजेट छुट्याएको बजेट वक्तव्यमा रहेको छ ।

यस्तै कोभिडका आमाबाबु दुवै गुमाएको बालबालिकालाई मासिक ३ हजार शिक्षा तथा सामाजिक भत्ता र अन्य कारणले आमाबाबु गुमाएका बागमती प्रदेशको बालबालिकालाई मासिक २ हजार रूपैयाँ स्थानयि तह सँगको समन्वयमा दिने व्यवस्था बजेटमा गरेको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताए ।

बागमती प्रदेशको मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम आगामी वर्षमा संचालन गर्न २२ करोड रूपैयाँ विनियोजन गरेको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताए ।

स्वायत्त सञ्चार माध्यम

बागमती प्रदेश सरकारको आफ्नै स्वायत्त सञ्चार संस्थाको लागि बजेट विनियोजन भएको छ । बजेटको १४४ औं बुँदामा प्रदेश सरकारले आफैंले सञ्चार गृह चलाउने गरि १० करोड रूपैयाँ बजेट विनियोजन भएको आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेलले बताएका हुन् ।

सांसद् विकास कोष खारेज

यस्तै, बागमती प्रदेशका सांसद्का लागि प्रदेश पूर्वाधार विकास कार्यक्रमका नाममा दिइँदै आएको बजेट खारेज भएको छ । आगामी आर्थिक वर्ष ०७८/७९ को बजेटमा सांसद्लाई क्षेत्रगत विकासका रुपमा समेटेर प्रदेश पूर्वाधार विकास कार्यक्रमका नाममा दिइने बजेट खारेज गरिएको छ ।

संघीय सरकारले पनि यसै वर्षबाट प्रतिनिधिसभा सांसद्लाई दिइने बजेट खारेज गरेको थियो । बागमती सरकारले चालू आव ०७७/७८ मा प्रत्यक्षतर्फका सांसद्लाई ३ करोड र समानुपातिकतर्फका सांसद्लाई १ करोड उपलब्ध गराएको थियो ।

प्रतिकृया

मुख्य समाचार

स्थानीयले लगाए वडा नं ४ को कार्यालयमा ताला

भरतपुर। भरतपुर महानगरपालिका वडा नं ४ को कार्यालयमा स्थानीयले ताला लगाएका छन् । निर्माणाधीन सडक लामो समयदेखि अलपत्र परेपछि...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया