भरतपुर । कानुन व्यवसायीहरु छाता संगठन चितवन जिल्ला अदालत बार एसोसिएसनको आगामी कार्यकालका लागि आज शुक्रबार चुनाव हुँदैछ । दुवै समूहले मतदातासामु गरेको प्रतिबद्धतामा उल्लेख छ, हामी विजय भएपछि ‘ई लाइबे्ररी’ र ‘फ्रि बाइफाइ’ क्षेत्र बनाउने छौं । त्यस्तै उनीहरुले अत्याधुनिक सभाकक्षसमेत बनाउने जनाएका छन् ।
दुई फरक समूह बनाएर प्रतिस्पर्धामा उत्रिए पनि उनीहरुको प्रतिबद्धता भने समान नै देखिन्छ । प्रजातान्त्रिक कानुन व्यवसायी (डीएलए) र प्रगतिशील कानुन व्यवसायी (पीएलए)बीच प्रतिस्पर्धा हुने देखिएको छ । ११ सदस्यीय नयाँ कार्यसमिति चुनिने छ । बिहान ८ बजेबाट सुरू हुने चुनाव बेलुकी ४ बजेसम्म चल्नेछ ।
प्रगतिशील समूहबाट अध्यक्षमा चुडामणि सापकोटा र प्रजातान्त्रिक समूहबाट नीलकण्ठ अधिकारी चुनावमा भिड्ने भएका छन् । प्रगतिशील समूहबाट उपाध्यक्षमा भोलानाथ नेपाल, सचिवमा नुनराज सिलवाल, कोषाध्यक्षमा बामदेव अधिकारीले उम्मेद्वारी घोषणा गरेका छन् ।
सदस्यका उम्मेद्वारहरुमा शिवराम महतो, सीताराम कँडेल, सूर्यबहादुर बोहरा, विष्णुप्रसाद बास्तोला, विकास गुरुड, विनोद मिश्र, महेशचन्द्र न्यौपाने रहेका छन् । केन्द्रीय पार्षदका आकांक्षीहरुमा रमेश काफ्ले, केशवराज तिवारी, भवानी लोहनी, सपी मियाँ, नारायण गिरी, भीमबहादुर सुवाल, गोपीलाल देवकोटा, हरिबहादुर मैनाली र कृष्णप्रसाद पन्त रहेका छन् ।
प्रजातान्त्रिक कानुन व्यवसायीको तर्फबाट उम्मेद्वारी दिनेहरु उपाध्यक्षमा मुन्नाविक्रम खाती, सचिवमा धर्म वाग्ले, कोषाध्यक्षमा लक्ष्मीप्रसाद पाठक रहेका छन् । सदस्यहरुमा वेनुकृष्ण भट्टराई, सुरेन्द्रराज सुवेदी, विष्णुहरि कोइराला, बलराम पौडेल, श्रीराम दवाडी, कमलप्रसाद कोइराला र राधा उपाध्याय आकांक्षी रहेका छन् ।
यस समूहबाट केन्द्रीय पार्षदमा रामप्रसाद अधिकारी, सीताराम अधिकारी, विजयराज ढकाल, दीपक सुवेदी, श्रीराम सापकोटा, राजेन्द्र सिलवाल, दिवाकर भूसाल, तीर्थराज पोख्रेल र महेशप्रसाद अधिकारीको उम्मेद्वारी रहेको छ ।
Discussion about this post