भरतपुर । हालै भरतपुर नगरपालिकाले भरतपुरलाई हरियो सहर बनाउन ‘एक घर दुई रुख’को नीति ल्याएको छ । उक्त नीतिलाई कार्यान्वयन गराउन भरतपुरमा बिहीबार छलफल गरिएको छ ।
भरतपुर नगरपालिकामा सूचीकृत इन्जिनियर, इन्जिनियरिङ परामर्शदाता प्रतिनिधि तथा भरतपुर नगरपालिका कार्यालयका कार्यकारी प्रमुख एवम् प्राविधिकहरुसहितको टोलीबीच सो विषयमा छलफल गरिएको हो ।
कार्यक्रमका अध्यक्ष तथा कार्यालयका प्रमुख नारायणप्रसाद सापकोटाले यस नीतिलाई लागू गर्न आउने चुनौतीका विषयमा बोलेका थिए । नगरपालिकाको कार्यनीतिसम्बन्धमा नक्सा शाखा प्रमुख ईश्वर राजभण्डारीले जानकारी दिएका थिए । उनले उक्त नीतिलाई नक्सा पास प्रक्रियासँगै कार्यान्वयनमा लगिने बताए ।
Discussion about this post