दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर निर्माण हुने

अन‌ि यो पनि

माडी । माडी नगरपालिका वडा नं–१, बनकट्टाकी महिला नेतृ सीता तिमिल्सिनाले आफ्ना दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर निर्माण गर्ने भएकी छन् ।
नेतृ तिमिल्सिनाले दिवङ्गत श्रीमान् रामकृष्ण तिमिल्सिना र दिवङ्गत ससुरा खेमनाथ तिमिल्सिनाको स्मृतिमा माडी नगरपालिका वडा नं–१, बनकट्टास्थित रिउ नदीकिनारमा करिब ५ लाखबराबरको निजी लगानीमा मलामी विश्रामस्थल निर्माण गर्न लागेकी हुन् ।
वडाभित्र, रिउकिनारको खेर गएको जमिनमा मलामी विश्रामस्थल निर्माणका लागि तिमिल्सिना परिवार र माडी–१ वडा कार्यालयबीच सहमति गरिएको वडाध्यक्ष कृष्ण पौडेलले जानकारी दिए ।
मलामी आएका व्यक्तिहरुलाई पानी पर्दा र चर्को घाम लाग्दा ओत लाग्न कठिन भएपछि मलामी घर बनाउने सोच बनेको उनले बताइन् । गत स्थानीय निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट माडी–१ को वडाध्यक्षको प्रत्याशी रहेकी तिमिल्सिना होटल व्यवसायमा आबद्ध रहनुका साथै हरेक सामाजिक गतिविधिहरुमा सक्रिय रहँदै आएकी छन् ।

 

प्रतिकृया

मुख्य समाचार

अमेरिकामा कोरोनाविरुद्ध खोप लगाउनेलाई एक सय डलर दिइने

वासिङ्टन । अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया