होम आइसोलेसनमा रहेका विपन्न परिवारलाई स्वास्थ्य सामग्री

अन‌ि यो पनि

मेघौली । कोरोना सङ्क्रमण भई होम आइसोलेसनमा रहेका भरतपुर महानगर वडा नं–२७ र २८ का अतिविपन्न सङ्क्रमितहरुलाई माडीको विश्वास फार्मेसीले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
फार्मेसीले सिङ्गापुर निवासी प्रभाकर पराजुली, एनआरएनए आइसिसीको संयुक्त आयोजनामा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

आइतवार एक कार्यक्रमका बीच विश्वास फार्मेसी माडीका सञ्चालक तथा स्वास्थ्यकर्मी गोविन्दप्रसाद नेपाल, विष्णुदेवी नेपालले स्वास्थ्य सामग्री महानगर प्रमुख रेनु दाहालमार्फत वडा कार्यालयलाई हस्तान्तरण गरेका छन् ।
स्वास्थ्य सामग्री भरतपुर महानगरपालिका–२७ र २८ वडाका ५० जनालाई लक्षित गरी स्यानिटाइजर, मास्क, पञ्जा, मञ्जन, ब्रस, साबुन, वाफ लिने मेसिन, डिजिटल थर्मामिटरलगायतका सामग्री हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा महानगरपालिकाकी उपमेयर पार्वती शाह ठकुरी, भरतपुर अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारी, भरतपुर–२७ का वडाध्यक्ष गोविन्द तामाङ र २८ का वडाध्यक्ष आशबहादुर कुमाललगायतको सहभागिता रहेको थियो ।

 

प्रतिकृया

मुख्य समाचार

अमेरिकामा कोरोनाविरुद्ध खोप लगाउनेलाई एक सय डलर दिइने

वासिङ्टन । अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया