रत्ननगरको कोरोना नियन्त्रण कोषमा पाँच लाख रुपैयाँ सहयोग

अन‌ि यो पनि

रत्ननगर । रत्ननगर नगरपालिकाको कोरोना नियन्त्रण तथा व्यवस्थापन कोषमा आइतबार पाँच लाख रुपैयाँ थपिएको छ । कोरोना संक्रमित बिरामीको उपचारको लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री तथा उपकरण खरिदका लागि हेफर इन्टरनेशन नेपालले पाँच लाख रुपैयाँ रकम सहयोग गरेको हो ।

महिला समूह समन्वय समिति, शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्था, आधारशीला सामाजिक उद्यमी महिला सहकारी संस्था र सर्वाङ्गीण सामाजिक उद्यमी महिला सहकारी संस्था मार्फत रकम नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

आइतबार आयोजित कार्यक्रममा शान्तिकुञ्जकी अध्यक्ष पार्वती न्यौपाने र हेफर इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत ऋषिराम पौडेलले रत्ननगरका मेयर नारायण वन र उपमेयर विमला दुवाडीलाई पाँचलाख रुपैयाको चेक हस्तान्तरण गरेका थिए । सो अवसरमा मेयर वनले रत्ननगर बकुलहर अस्पतालमा कोरोना संक्रमितको उपचार सुरु भइसकेको र आइसियू र भेल्टिलेटर सञ्चालनको लागि अस्पतालमा काम सुरु भइसकेको बताए । उनले हेफरले प्रदान गरेको रकम उद्देश्य अनुसार नै कोरोनाका बिरामीको उपचारका लागि आवश्यक पर्ने उपकरण खरिदमा खर्च गरिने बताए ।

उपमेयर दुवाडीले कोरोना नियन्त्रणको लागि हेफरले स्थानीय सरकारसँग गरेको सहकार्यलाई आफूले अर्थपूर्ण रुपमा लिएको बताइन् । शान्तिकुञ्जकी अध्यक्ष न्यौपानेले हेफरले प्रदान गरेको पाँच लाखबाट केही रकमले नगर भित्र रहेका स्वास्थ्य चौकीमा बिरामीको उपचारका लागि आवश्यक पर्ने आवश्यक सामग्री उपलब्ध गराइदिन आग्रह गरिन ।

प्रतिकृया

मुख्य समाचार

अमेरिकामा कोरोनाविरुद्ध खोप लगाउनेलाई एक सय डलर दिइने

वासिङ्टन । अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया