निषेधाज्ञामा साइबर अपराध २० प्रतिशतले बढ्दो

अन‌ि यो पनि

काठमाडौँ । राउटे दुई युवतीको घटना प्रतिनिधि घटना मात्रै हो । दिनदिनै यस्ता अपराधका घटना बढ्दै गएका देखिएको छ । कोरोना भाइरसको सङ्क्रमणको दोस्रो लहरबाट नागरिकलाई बचाउनका लागि सरकारले गरेको निषेधाज्ञामा साइबर अपराध बढेको देखिएको छ ।
नेपाल प्रहरीको साइबर ब्यूरोको तथ्याङकअनुसार पछिल्लोपटक जारी निषेधाज्ञामा साइबरसँग सम्बन्धित अपराध २० प्रतिशतले बढेको छ । विशेष गरी किशोर–किशोरी, बालबालिकालक्षित अपराध बढेको प्रहरीको अनुसन्धानले देखाएको छ । यो अवधिमा साइबर अपराधसम्बन्धी १४५ ओटा जाहेरी परेका छन् ।
यस्तो अपराधको निसानामा विशिष्ट व्यक्तिसमेत परेका छन् । सामाजिक सञ्जालमा विशिष्ट व्यक्तिको टाउकोसँग अरूको शरीर जोड्ने, युगल जोडी बनाइदिने, नक्कली हस्ताक्षर प्रयोग गर्नेजस्ता घटना भएका छन् । साइबरसम्बन्धी कानून ल्याएर यस्ता खालको गतिविधि रोक्नुपर्छ । पछिल्लो समय सार्वजनिक पदमा रहेका महिलाको चरित्रहत्याका घटना पनि सार्वजनिक भइरहेका छन् ।
घुमन्ते जीवन बिताउँदै आएका राउटे युवतीमाथि यौन दुव्र्यवहार गर्नेलाई कडा कारबाही गर्नपर्ने र सासाजिक सञ्जालबाट यौनहिंसाको भिडियो हटाउनुपर्ने माग भने सर्वत्र गरिएको छ । सीमान्तकृत समुदायका महिलाको सोझोपनको फाइदा उठाउने पीडकलाई कानूनमा व्यवस्था भएको भन्दा पनि थप सजाय गर्नुपर्ने मागसमेत नागरिकहरुले सामाजिक सञ्जालमार्फत गरिरहेका छन् । रासस

प्रतिकृया

मुख्य समाचार

अमेरिकामा कोरोनाविरुद्ध खोप लगाउनेलाई एक सय डलर दिइने

वासिङ्टन । अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया