प्रधानमन्त्रीको हत्या गर्ने अभिव्यक्ति दिएका सांसद्लाई कारबाही माग

अन‌ि यो पनि

भरतपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) चितवनले बागमती प्रदेश सांसद् नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्नेसम्मको धम्की दिएको भन्दै कानुनी कारबाहीको माग गरेको छ ।

बागमती प्रदेशसभाको बैठकमा नेपाली कांग्रेसको तर्फबाट प्रतिधिनित्व गरेका काठमाडौँ प्रदेश निर्वाचन क्षेत्र ४ (१) बाट प्रदेशसभा सदस्य नरोत्तम वैद्यले शुक्रबार प्रदेससभाको बैठकमै प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने अभिव्यक्ति दिएका थिए ।

पार्टी जिल्ला अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनाल ‘शैलेस’ले संयुक्त विज्ञप्ति जारी गरी उक्त अभिव्यक्तिको विरोध गर्दै त्यस्तो बोल्नेलाई कानुनी कारबाहीको माग गरेका हुन् । विज्ञप्तिमा सांसद् वैद्यको उक्त अभिव्यक्तिप्रति निन्दा र भत्र्सना गर्दै मुलुकको फौजदारी कानुनअनुसार कानुनी कारबाहीको माग गरिएको छ ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘हत्या गर्ने, मनसाय व्यक्त गर्ने र उक्साउनेजस्ता क्रियाकलापसमेत जघन्य अपराध हुन् ।
त्यस्ता व्यक्ति कहिल्यै क्षमाका लागि योग्य हुँदैनन् भन्ने हाम्रो ठहर छ । त्यसप्रकारको अभिव्यक्ति दिने जोसकुकै व्यक्ति किन नहोस् कानुनको कठघरामा उभिनै पर्छ । नेपाली कांग्रेसजस्तो मुलुकको जिम्मेबार पार्टीले त्यस्ता व्यक्तिलाई संरक्षण नगरी कानुनी कारबाहीको लागि सहयोग गर्नसमेत हामी ध्यानाकर्षण गराउन चाहन्छौँ ।’

प्रतिकृया

मुख्य समाचार

अमेरिकामा कोरोनाविरुद्ध खोप लगाउनेलाई एक सय डलर दिइने

वासिङ्टन । अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया