सविता भण्डारी मृत्यु प्रकरण : न्यायको लागि स्थानीयवासी सडकमा

अन‌ि यो पनि

–रामशरण गैरे
शारदानगर । भरतपुर–१९, बखानचोककी सविता भण्डारीको मृत्युको कारण घरेलु हिंसा, यौन दुव्र्यवहार भएको भन्दै न्यायको लागि स्थानीयवासी सडकमा उत्रेका छन् । आत्महत्या दुरूत्साहनसम्बन्धी घटनामा मुछिएका सविताको श्रीमान्, ससुरा र अमाजूलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै स्थानीयले नारा जुलुससहित बजार परिक्रमा गरेका थिए ।

सविता भण्डारी वैशाख ४ गते दिनको ५ बजेतिर आफ्नै कोठाको झ्यालमा रहेको ग्रिलमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेकी थिइन ।

काठमाडौँ, कोटेश्वरकी सविता (२८ वर्ष) र चितवन भरतपुर महानगर–१९, बखानचोक घर भएका योगेन्द्र धिताल (३९ वर्ष) बीच ०७१ साल वैशाख ३ गते विवाह भएको थियो ।

चितवन प्रहरीको अनुसन्धानले भने सविताले आत्महत्या नै गरेको निष्कर्ष निकाले पनि सविताको माइती पक्षले आत्महत्या होइन, हत्या हो भनेर दाबी गरेपछि टिकटक र युट्युबमा भाइरल सविता भण्डारी (धिताल) मृत्यु घटना चासोको विषय बनेको छ ।

स्थानीयलाई झुन्डिएको ठाउँ हेर्न नदिएको, छिमेकीले बुझ्दा पनि कोहीले बरन्डा, कोहीले ढोका, कोहीले फ्यानमा झुन्डिएको भनेर फरकफरक जवाफ दिएपछि आफूहरुलाई शंका उत्पन्न भएको स्थानीयले बताए । आरोपितहरु धरौटीमा रिहा भएकोमा आक्रोसित स्थानीयले दोषीलाई कुनै पनि हालतमा कारबाही गर्न खबरदारी गरेका थिए ।

सविताको श्रीमान् र उनको परिवारले दाइजो नदिएको निहुँमा निरन्तर हिंसा गर्दै आइरहेको र त्यही क्रममा यो परिणाम आएको आरोप लागेको छ । श्रीमान् योगेन्द्रकुमार धिताल, ससुरा रमेशकुमार धिताल र अमाजु भावना ढकाल मिलेर सविताको हत्या गरेको उनीहरुको आरोप छ ।

उनको मृत्युलाई यौनहिंसा गरी मर्न बाध्य बनाएको भनी आत्महत्या दुरूत्साहनअन्तर्गत चितवन अदालतमा मुद्दा दर्ता भएको छ । मुद्दा विचाराधीन छ । उसो त सविताको माइती पक्षले प्रस्तुत गरेका सबै प्रमाणका आधारमा चितवन प्रहरीले पनि ढकाल परिवारले दिएको टर्चर र हिंसाकै कारण सविता आत्महत्या गर्न बाध्य भएको निष्कर्ष निकालेको थियो ।

अनुसन्धानको निष्कर्षले सविताको श्रीमान्ले टर्चर दिने गरेको, केटीलाई केटाकै परिवारले झुण्डिन बाध्य बनाएको देखाएको भन्दै नेपालको विद्यमान कानुनअनुसार आत्महत्या दुरूत्साहनसम्बन्धी अपराधअनुसार परिवारको पनि जाहेरी आएपछि आरोपित तीनै जना पक्राउ परेका थिए । आरोपितहरु धरौटीमा रिहा भएका छन् । श्रीमान् र ससुरा एक/एक लाख र आमाजु २५ हजार रूपैयाँमा रिहा भएका हुन् । उनीहरुविरूद्ध ५ वर्षसम्मको कैद सजाय माग गरिएको छ ।

विवाहपछि श्रीमान् श्रीमती नै विदेश गएका थिए । केही वर्षअघि फर्किए । उनीहरुको एक सन्तान (छोरा) छन् ।

प्रतिकृया

मुख्य समाचार

अमेरिकामा कोरोनाविरुद्ध खोप लगाउनेलाई एक सय डलर दिइने

वासिङ्टन । अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया