नवलपुरमा घटे सक्रिय सङ्क्रमित

अन‌ि यो पनि

नवलपुर । पूर्वी नवलपरासीमा सक्रिय सङ्क्रमितको संख्या घट्न थालेको छ । शनिबार साँझ ५ बजेसम्म नवलपुरमा कोरोना भाइरस सक्रिय रहेका सङ्क्रमितको संख्या ६९३ मा झरेको छ । नवलपुरमा १ हजार २०० को हाराहारीमा सक्रिय सङ्क्रमित पुगेको थियो ।

स्वास्थ्य कार्यालय नवलपुरका अनुसार जिल्ला अस्पतालमा १३ जना, देवचुली नगर अस्पतालमा १२ जना, गैँडाकोटमा ४ जना, मध्यविन्दु नगर अस्पतालमा १ जना, विनयी त्रिवेणीको अस्पतालमा ४ जना, हुप्सेकोटको अस्पतालमा २ जना र बौदीकालीको अस्पतालमा १ जना गरी ३७ जनाले अस्पतालमा उपचार गराइरहेका छन् भने बाँकी होम आइसोलेसनमा रहेका छन् । गैँडाकोटमा १३२ जना, देवचुलीमा ८५ जना, कावासोतीमा १३३ जना, मध्यविन्दु नगरपालिकामा २८ जना सक्रिय सङ्क्रमित होम आइसोलेसनमा रहेका छन् ।

त्यसैगरी विनयी त्रिवेणीमा ९१ जना, हुप्सेकोटमा ३८ जना, बुलिङ्टारमा ७८ र बौदीकाली गाउँपालिकामा ६५ जना सक्रिय सङ्क्रमित होम आइसोलेसनमा रहेका छन् ।

७४ सङ्क्रमित थपिए, १०९ जना निको

पूर्वी नवलपरासीमा शनिबार ७४ जना नयाँ सङ्क्रमित थपिएका छन् । पिसिआर विधि र एन्टिजेन विधिबाट गरी शनिबार २३२ जनाको स्वाब परीक्षण गरिएकोमा ७४ जनामा पोजेटिभ देखिएको हो भने १५८ जनामा नेगेटिभ देखिएको हो ।

पछिल्लो २४ घन्टामा नवलपुरको गैँडाकोटमा ७ जना, देवचुलीमा २३ जना, कावासोतीमा २३ जना, मध्यविन्दुमा ३ जना संक्रमित थपिएका छन् । त्यसैगरी, विनयी त्रिवेणीमा ३ जना र बुलिङ्टारमा १५ जना सङ्क्रमित थपिएका हुन् ।

यसैबीच, नवलपुरमा पछिल्लो २४ घन्टामा एक जना सङ्क्रमितको निधन भएको छ । नवलपुरमा कोरोनाको दोस्रो लहर आएयता ६५ जनाको निधन भएको छ भने अहिलेसम्म नवलपुरमा ९७ जना सङ्क्रमितले कोरोनाको कारण ज्यान गुमाएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

नवलपुरमा वैशाख १ गतेयता ७ हजार ५०० जनामा कोरोना परीक्षण गरिएकोमा ३ हजार ९८७ जनामा पोजेटिभ देखिएको छ । तीमध्ये ३ हजार ३०३ जना निको भएका छन् ।

प्रतिकृया

मुख्य समाचार

अमेरिकामा कोरोनाविरुद्ध खोप लगाउनेलाई एक सय डलर दिइने

वासिङ्टन । अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया