सिद्धि विनायकद्वारा ‘सिद्धि छात्राबास’लाई खाद्यान्न

अन‌ि यो पनि

सिद्धि । सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लिले कालिका नगरपालिका १० स्थित चेपाङ बस्तीमा रहेको सिद्वि छात्राबासलाई राहत स्वरुप खाद्यान्न सामग्री सहयोग गरेको छ । संस्थाको १४औँ स्थापना दिवसको अवसर पारेर सिद्वि छात्राबासलाई खाद्यान्न सामग्री सहयोग गरिएको अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिए ।

उक्त राहत सामग्री अध्यक्ष धितालले छात्राबासका संरक्षक तथा अभिभावक भरत चेपाङलाई हस्तान्तरण गरेका हुन् । राहत सामग्री स्वरुप चामल १० बोरा, दाल १० केजी, चिउरा ५ केजी, तेल ५ लिटर, नुन ५ केजी, चाउचाउ १ कार्टुन, मुला १ बोरा, आलु १ बोरा, प्याज १ बोरा, केरा १ बोरा, बिस्कुट तथा साबुनहरु दिइएको थियो । उक्त छात्रावासमा ३० जना चेपाङ बालबालिका आश्रित छन् ।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष पुरूषोत्तम गौतम, उपाध्यक्ष मदनप्रसाद सापकोटा, कोषाध्यक्ष जयराम पाण्डे, सदस्यहरु मानबहादुर पाण्डे, रामप्रसाद घिमिरे, शम्भु अधिकारी, इन्दिरा कार्की, व्यवस्थापक विकास पौडेल, कालिका–९ का वडा सदस्य वकिल पुरीलगायतको उपस्थिति थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष थिरप्रसाद धितालको सभापतित्वमा सम्पन्न भएको थियो भने संस्थाका सचिव मुकुन्दप्रसाद गौतमले सञ्चालन गरेका थिए ।

प्रतिकृया

मुख्य समाचार

अमेरिकामा कोरोनाविरुद्ध खोप लगाउनेलाई एक सय डलर दिइने

वासिङ्टन । अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया