रत्ननगरमा कक्षा ८ को परीक्षाफल प्रकाशित

अन‌ि यो पनि

रत्ननगर । रत्ननगर नगरपालिकाले कक्षा ८ को परीक्षाफल प्रकाशित गरेको छ ।

शनिबार सम्पन्न आधारभूत शिक्षा उतीर्ण परीक्षा समितिको बैठकले सामुदायिक तथा संस्थागत विद्यालयबाट परीक्षामा सहभागी विद्यार्थीहरुको परीक्षाफल प्रकाशित गरेको हो । परीक्षामा सहभागी एक हजार ५३९ जना विद्यार्थीमध्ये ४०७ जना ए प्लस, ४६७ जना ए, ३८७ जना विद्यार्थी बी प्लस, २१३ जना विद्यार्थी बी, ४५ जना विद्यार्थी सी प्लस, २ जना विद्यार्थी सी र ४ जना विद्यार्थीले डी प्लस श्रेणी ल्याएर उतीर्ण भएको शिक्षा शाखाका शाखा अधिकृत राजेन्द्र बरालले जानकारी दिए ।

परीक्षामा डी श्रेणी ल्याउने २ जना परीक्षामा उत्तीर्ण भएको उनले जानकारी दिए । श्रीराम वैदिक गुरुकुलमबाट परीक्षामा सहभागी १० जना विद्यार्थीको भने परीक्षाफल प्रकाशित गरिएको छैन ।

प्रतिकृया

मुख्य समाचार

स्थानीयले लगाए वडा नं ४ को कार्यालयमा ताला

भरतपुर। भरतपुर महानगरपालिका वडा नं ४ को कार्यालयमा स्थानीयले ताला लगाएका छन् । निर्माणाधीन सडक लामो समयदेखि अलपत्र परेपछि...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया