कालिका–१० चेपाङ बस्तीमा खाद्यान्न सहयोग

अन‌ि यो पनि

भरतपुर । अनिकालको चेपेटामा रहेका कालिका–१० का रहेका चेपाङ बस्तीमा खाद्यान्न सहयोग जुटेको छ । प्रोजेक्ट नेस्ट फाउन्डेसन नेपाल र जर्मनीको नेपाल हिल्पे दिरेक्त संस्थाले सो सहयोग गरेको हो । चेपाङ बस्तीमा भोकमरी सुरु हुन लागेको समाचार प्रकाशन भएपछि ग्रीन सोसाइटी नेपालले खाद्यान्न वितरणमा संयोजन गरेको थियो ।

छेरवाङ, सुन्दराङ, भामवाङ, आहाल डाँडा, पूर्वेली टोल, तामाङ टोललगायतका स्थानीयलाई सो खाद्यान्न सहयोग गरिएको हो । सहयोगबाट १३० परिवार लाभान्वित बनेको सौराहाका पर्यटन व्यवसायी सिरिलाल परियारले बताए । उनका अनुसार हरेक परिवारलाई एक बोरा चामल, नुन–सोयाविन एक÷एक केजी, तेल एक लिटरका दरले बाँडिएको थियो ।

‘खाद्यान्न अभाव झेलिरहेका चेपाङ बस्तीमा सहयोग गर्न पाउँदा खुसी लागेको छ’, पर्यटन व्यवसायी परियारले भने, ‘जर्मन, हल्याण्डका साथीले गरेको सहयोग वितरण गरेका हौँ ।’ सौराहामा होटल पार्कसाइड सञ्चालन गरेका परियार सामाजिक कार्यमा सक्रिय छन् । उनी फाउन्डेसनका संयोजकसमेत हुन् ।

खाद्यान्न खरिदका लागि विदेशी नागरिकले रिक्की, टियोस्, एजेले व्यक्तिगत रुपमै एक लाख ४० हजार रुपैयाँ सहयोग गरेका थिए । चेपाङ बस्तीमा खाद्यान्न संकट निवारणका लागि परियारले विदेशमा रहेका दाताहरुसँग समन्वय गरेका थिए । करिब २ लाख ७० हजार बराबरको खाद्यान्न वितरण भएको छ ।

गामबेसी संरक्षण केन्द्रका अध्यक्ष तथा चेपाङ अभियन्ता केपीकिरण शर्माले कालिका–१० मा रहेका ५ सय ८७ घरधुरीमै खाद्यान्न सहयोग उपलब्ध गराउन दाताहरुसँग समन्वय भैरहेको बताए ।

प्रतिकृया

मुख्य समाचार

आयोग विघटन भएको छैन,सुकुमबासीले लालपूर्जा पाउँछन : जिल्ला अध्यक्ष पाठक

रत्ननगर १८ साउन । सुकुमबासी समस्या सामधान आयोग चितवनका अध्यक्ष यादवप्रसाद पाठकले सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने काम नरोकिने बताएका...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया