२४ घण्टामा ६६ जना कोरोना संक्रमणमुक्त, ४८ थपिए

अन‌ि यो पनि

चितवन २९ जेठ । चितवनमा शनिबार ६६ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य कार्यालय चितवनको तथ्यांकानुसार गएको २४ घण्टामा ६६ जना संक्रमणमुक्त भएका हुन्। सोही अवधिमा ४८ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन्।

योसँगै चितवनमा संक्रमणमुक्त हुनेको कुल संख्या १२ हजार ९४३ पुगेको छ भने संक्रमितको कुल संख्या १४ हजार ८८५ पुगेको छ। कुल संक्रमितमध्ये २४२ जनाको मृत्यु भएको छ। शनिबार तीन जनाको मृत्यु भएपछि चितवनमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २४२ पुगेको हो।

यस्तै सक्रिय संक्रमितको संख्या भने एक हजार ७०० जना छन्। तीमध्ये १४३ जना अस्पतालको आइसोलेसनमा छन्। ३५ जना स्थानीय तहले सञ्चालन गरेको आइसोलेसन केन्द्रमा छन् भने बाँकी एक हजार ५२२ जना होम आइसोलेसनमा रहेका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

प्रतिकृया

मुख्य समाचार

यात्रुबाहक बस दुर्घटना हुँदा ११ घाइते

गलकोट । बागलुङमा आज बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ । मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१ सौराहस्थित काठमाडौँबाट बुर्तिवाङतर्फ जाँदै...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया