चितवनका अस्पतालमा कोरोना संक्रमित : ३८ जना भेन्टिलेटरमा, १११ जना आइसियूमा

अन‌ि यो पनि

चितवन २९ जेठ । जिल्लाका तीनवटा अस्पतालका भेन्टिलेटरमा ३८ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। दोस्रो लहरमा आएको कोरोनाले जटिल खालका संक्रमितको संख्या बढी भएकोले अस्पताल भर्ना भएका संक्रमितमध्ये अधिकांशलाई अक्सिजनकै सहारा चाहिएको अस्पतालहरुले जनाएका छन्।

तर, जेठ महिना लागेदेखि भने सबैखालका संक्रमितको संख्यामा बिस्तारै कमी हुँदै गएको छ। अझै पनि भेन्टिलेटरमा यति धेरै संक्रमितको उपचार हुनुले संक्रमणको जोखिम कम नभएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। ‘संक्रमितको संख्यामा बिस्तारै कमी आए पनि जोखिम अझै कम भइसकेको छैन,’ स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीले भने। चितवनमा भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालले भेन्टिलेटरसहितको सुविधा दिएको छ।

कार्यालयको तथ्यांकअनुसार सघन उपचार कक्ष (आइसियू)मा समेत कोरोना संक्रमितको संख्या अझै सोचेजस्तो कम भइसकेको छैन। शनिबारको तथ्यांक हेर्ने हो भने चितवनका विभिन्न अस्पतालमा आइसियूमा रहेर उपचाररत कोरोना संक्रमितको संख्या १११ जना छन्। आइसियूमा भने माथि उल्लेखित तीनवटा अस्पतालबाहेक पनि वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र अन्य केही निजी अस्पतालले उपचार गराइरहेका छन्।

अस्पताल भर्ना भएका कुल संक्रमितको संख्या हेर्ने हो भने ३०६ जना अझै उपचाररत छन्। वैशाख २५ गते अस्पताल भर्ना हुनेको संख्या करिब ५०० जना पुगेको थियो। त्यसको तुलनामा अस्पताल भर्ना हुनेको संख्यामा कमी आए पनि अझै उत्तिकै सतर्कता अपनाउनुपर्ने स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। ‘कोरोनाको असर आजको भोलि नै नपर्ने हुँदा यसले लामो समयसम्म प्रभाव पारिरहेको छ,’ स्वास्थ्य कार्यालय चितवनका प्रमुख तिवारीले भने, ‘अहिलेको संख्यालाई पनि घटाउन अझै केही समय लाग्न सक्छ।’

पाँचजनाको मृत्यु

चितवनमा शनिबार पनि पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा चितवनका तीन जना र बाँकी दुईजना नवलपरासीका छन्। चितवनका तीन जनाको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा मृत्यु भएको हो भने नवलपरासीका दुईजनाको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

२४ जना घर फर्किए

चितवनका अस्पतालबाट शनिबार २४ जना कोरोना संक्रमित घर फर्किएका छन्। भरतपुर अस्पतालबाट ११ जना, चितवन मेडिकल कलेजबाट ८ जना र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालबाट तीन जना संक्रमणमुक्त भएर घर फर्किएका हुन्। यस्तै इच्छाकामना गाउँपालिकाले तयार पारेको आइसोलेसन केन्द्रबाट पनि दुई जना संक्रमणमुक्त भएर घर गएका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

प्रतिकृया

मुख्य समाचार

आयोग विघटन भएको छैन,सुकुमबासीले लालपूर्जा पाउँछन : जिल्ला अध्यक्ष पाठक

रत्ननगर १८ साउन । सुकुमबासी समस्या सामधान आयोग चितवनका अध्यक्ष यादवप्रसाद पाठकले सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने काम नरोकिने बताएका...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया