युवा व्यवसायीद्वारा राहत सामग्री वितरण

अन‌ि यो पनि

खैरहनी । युवा व्यवसायी तथा समाजसेवी पुरू खनालले शनिबार पूर्वी चितवनको खैरहनी ४ स्थित गैडेआहलका विपन्न १५ घरपरिवारलाई राहत वितरण गरेका छन् । खैरहनी हेल्प डेक्समार्फत विपन्न समुदायको घरमा नै पुगेर सहयोग गरेका हुन् ।

व्यवसायसँगै सामाजिक अभियन्ताका रूपमा समेत अग्रसर रहेका खनालले विपन्न घरपरिवारका लागि एक महिनाका लागि पुग्ने गरी चामल, दाल, नुन र तेल वितरण गरेका हुन् ।

उद्योग वाणिज्य संघ रत्ननगरका उद्योगतर्फका उपाध्यक्ष र नेपाल ह्ययाचरी उद्योग संघका सह–सचिव रहेका उनले आफू व्यवसायीमात्र नभई सामाजिक कार्यमा आफ्नो उत्तरदायित्वप्रति म सजक रहेकाले लकडाउनको मारमा परेकालाई सहयोग गरेको बताए ।

उनले राहत वितरणसँगै लकडाउन र कोरोना भाइरसका कारण समस्यामा परेका अन्यलाई समेत सहयोग गर्दै जाने बताएका छन् ।

प्रतिकृया

मुख्य समाचार

अमेरिकामा कोरोनाविरुद्ध खोप लगाउनेलाई एक सय डलर दिइने

वासिङ्टन । अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया