परिवर्तन (कविता)

अन‌ि यो पनि

–प्रविन स्याङ्तान

म भन्छु
चुनावले समस्या समाधान हुन्न
जनताको जीउभन्दा अरु प्रधान हुन्न
महामारीले स्तब्ध भइरहँदा राष्ट्र
घाउमा नुन छर्कने कुनै प्रावधान हुन्न,
फेरि त्यही चीनजानकै
अपराधी, बलात्कारी, भ्रष्टाचारी
र तस्करीलाई भोट दिएर
मनभरि अनेकौँ चोट लिएर
फेरि त्यही लुटपाट र भ्रष्टाचार
हत्या अनि बलात्कार
महँगी र कालोबजारी
कहालिँदो दुःखद समाचार
हो, त्यसैले
त्यही व्यवस्थाको कल्पना गर्नै सक्दिनँ
फोहोरी राजनीतिमा अल्झिनै सक्दिनँ
बरू, व्यवस्थै परिवर्तन गरौँ
अवस्थै परिवर्तन गरौँ
सोचविचार
समस्तै परिवर्तन गरौँ
हो, कम्तीमा फेर्नलाई सास होस्
गाँस, बास, कपास होस्
शिक्षा, स्वास्थ्य, रोजगार होस्
कृषकलाई मल, जल र स्थल होस्
विश्वभरि यही माटो प्रचार होस्
सुख, शान्ति र समृद्धि होस् ।

[email protected]

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा उपचार गर्ने संक्रमित घट्दै, भेन्टिलेटरमा २१ सहित आइसियूमा ९९ उपचाररत

चितवन, ११ असार । चितवनका अस्पतालमा शुक्रबार २२२ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। तीमध्ये...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया