रतनपुरका अतिविपन्न परिवारलाई खाद्यान्न

अन‌ि यो पनि

पार्वतीपुर । भरतपुर–२१, रतनपुरमा कोरोनाबाट प्रभावित अतिविपन्न ४५ घरधुरीलाई खाद्यान्न सहयोग गरिएको छ । भरतपुर–२१ घर भई हाल दक्षिण कोरियाको ख्यालसङमा बस्दै आएका लक्ष्मी तामाङ, पूर्णिमा तामाङको सक्रियतामा त्यहाँ रहेका नेपालीहरुको सहयोगमा विपन्न परिवारलाई राहतस्वरुप खाद्यान्न सहयोग गरिएको हो ।

दैनिक ज्याला मजदुरी गरेर जीवनयापन गर्ने विपन्न परिवारहरु निषेधाज्ञाका कारण घरमा अन्नको जोहो गर्न नसक्ने ४५ घरधुरीलाई राहतस्वरुप चामल, पोका तेल, मसला, नुन, बेसारलगायतका एक लाख रूपैँयाँबराबरको खाद्यान्न सामग्री वितरण गरिएको राहत वितरण कार्यक्रमको समन्वय गर्ने रतनपुर निवासी कान्छी तामाङले बताइन् ।

कोरोना कहरको बेला विदेशमा भएर पनि सामाजिक उत्तरदायित्व वहन गर्दै भरतपुर–२१ घर भई देशबाहिर रहेका प्रवासी नेपालीहरुको सहयोगमा राहत सामग्री वितरण गरिएको उनले बताइन् ।

बागमती प्रदेशसभा सदस्य रीना गुरूङको आतिथ्यतामा सम्पन्न कार्यक्रममा कल्पवृक्ष टोल सुधार समितिका अध्यक्ष दिव अधिकारी, स्थानीय समाजसेवीहरु सुरेश तामाङ, सागर तामाङ, मिलन तामाङ, मेकाना तामाङलगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा उपचार गर्ने संक्रमित घट्दै, भेन्टिलेटरमा २१ सहित आइसियूमा ९९ उपचाररत

चितवन, ११ असार । चितवनका अस्पतालमा शुक्रबार २२२ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। तीमध्ये...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया