१३औँ दिनको पुण्य तिथिमा रक्तदान

अन‌ि यो पनि

माडी । यही जेठ १५ गते निधन भएका माडी–४, अम्रौली निवासी नेपाल रेडक्रसका आजीवन सदस्य मुक्ति पाठकको १३औँ दिनको पुण्य तिथिमा परिवारले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

मृतकको स्मृतिमा परिवारले स्थानीय रेडक्रस उपशाखासँग समन्वय गरी सञ्चालन गरेको सो रक्तदान कार्यक्रममा ८ महिला र १९ पुरूष गरी २७ जनाले रक्तदान गरेका छन् । दिवंगत पाठकका धर्मपत्नी तीर्थ पाठकको अध्यक्षतामा भएको कार्यक्रममा दिवंगत पाठकका भाई कृष्ण पाठकले रक्तदान गरी रक्तदान सुरू गरेका थिए ।

प्रमुख अतिथिको रुपमा नेपाल रेडक्रस सोसाइटी बघौडा उपशाखा सभापति भगीरथ बस्याल रहेका थिए । कार्यक्रममा वडा ४ का वडाध्यक्ष चन्द्रदीप महतोको उपस्थिति रहेको थियो । उच्च रक्तचाप र सुगरका बिरामी रहेका ४६ वर्षीय पाठकको भरतपुरमा उपचारको क्रममा निधन भएको थियो ।

यस्तै वाइसिएल नेपाल र अखिल (क्रान्तिकारी) चितवन जिल्ला समितिको संयुक्त आयोजनामा माडीको बरूवा र वनकट्टामा आयोजित कार्यक्रममा ९० जनाद्वारा रक्तदान गरेका छन् ।

बरूवामा सम्पन्न रक्तदानमा ४९ जना र वनकट्टामा सञ्चालित रक्तदानमा ४१ जना गरी कुल ९० जनाले रक्तदान गरेको वाइसिएल माडीका इन्चार्ज नेत्र काफ्लेले जानकारी दिए । जिल्लाव्यापी अभियानका सन्दर्भमा वाइसिएल नेपाल र अखिल (क्रान्तिकारी) चितवनले माडी नगर क्षेत्रमा ४ दिनसम्म रक्तदान कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको उनले बताए ।

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया