जिङलाउका चेपाङलाई राहत वितरण

अन‌ि यो पनि

सिद्धि । चितवनको कालिका नगरपालिका-१०, सिद्धिका चेपाङ बस्तीमा राहत वितरण गरिएको छ । जिङलाउ गाउँका २५ घर परिवारलाई प्रतिघर एक बोरा चामल, दुई लिटर खाने तेल, एक किलो नुन र एक पोका सोयाविनको दरले राहत वितरण गरिएको हो ।

चेपाङ गाउँमा अनिकाल परेको विषयमा केही दिनअघि विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएको थियो । सोही आधारमा अष्ट्रेलियाबाट लेख गुरूङ र सुनिल श्रेष्ठ, हङकङबाट डिम्पल मगर र नेपालबाट प्रिज्मा आलेमगर र सुनिल केसीबाट संकलित रकमले चेपाङ गाउँमा राहत वितरण गरिएको हो ।

संकलित रकमबाट राहत सामग्री खरिद तथा वितरणको लागि गामबेँसी चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपीकिरण शर्मा र पत्रकार रमेश रानामगरले समन्वय गरेका थिए । चेपाङ गाउँमा यतिबेला भोकमरीले सताएको छ । उनीहरु गिठा, सिस्नो, टाँकीलगायत जंगली कन्दमूलको भरमा दिन घचेटिरहेका छन् ।

अब जंगलमा चिउरी पाक्ने समय भएकोले त्यही खाएर भोक मार्ने प्रयासमा रहेको चेपाङहरु बताउँछन् । शुक्रबार पाएको राहतबापतको खाद्यान्न बढीमा पाँच दिनमात्रै पुग्ने हुँदा त्यसपछिको समस्या फेरि उही हुने स्थानीय डिल्ली चेपाङले बताए ।

कोरोना कहरका कारण जारी निषेधाज्ञाले थप समस्यामा पारेको उनले बताए । घरमा भएको अन्नको गेडो सकिएको बेला काम पनि गरेर खान नपाउँदा भोकमरीले थप सताएको छ ।

केही दाताले राहतबापतको खाद्यान्न सामग्री दिए पनि परिवार ठूलो हुने हुँदा केही दिनलाई मात्रै पुग्ने कारण भोकमरीको समस्यालाई दिगो समाधान गर्न नसकेको स्थानीय यमप्रसाद चेपाङ बताउँछन् ।

 

प्रतिकृया

मुख्य समाचार

कोरोनाले छुटायो ‘घरदैलो विद्यार्थी भर्ना कार्यक्रम’

–किशोर खनाल भरतपुर । शिक्षा मन्त्रालयको निर्देशनअनुसार चितवनमा असार १ गतेदेखि स्कुल (नर्सरीदेखि नौसम्म) भर्नाको अभियान चलिरहेको छ । कोरोना...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया