पार्वती मृत्यु प्रकरण : पोस्ट मार्टम रिपोर्टमा जलेरै मृत्यु ! भिसेरा पनि परीक्षण गरिने

अन‌ि यो पनि

–दिपेन्द्र अधिकारी
भरतपुर । भरतपुर–६ की पार्वती भट्टराईको मृत्युको सम्बन्धमा पोस्ट मार्टम रिपोर्टमा जलेर मृत्यु भएको उल्लेख छ । तर, थप प्रमाण आवश्यक रहेको भनी प्रहरीले भिसेरा परीक्षणका लागिसमेत तयारी गरेको छ । पोस्ट मार्टम रिपोर्टमा भने उनको मृत्यु जलेर नै भएको उल्लेख छ । जिल्ला प्रहरी प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले पोस्ट मार्टम रिपोर्टमा आगलागीका कारण जलेर मृत्यु भएको उल्लेख भएको जानकारी दिए ।

तर, परिवारले भिसेरासमेत परीक्षण माग गरेपछि त्यसको तयारी भएको उनको भनाइ छ । भिसेरामा शरीरको मह¤वपूर्ण कुनै एक अङ्गको परीक्षण गरिन्छ । ६७ वर्षकी पार्वती भट्टराईको जेठ १६ गते जलेर मृत्यु भएको थियो । जेठ २० गते भरतपुर अस्पतालमा शव परीक्षण भएको हो । घरमा सासूआमाको काजकिरिया चलिरहेको समयमा पार्वतीको पनि मृत्यु भएको थियो ।

जेठ १७ गते दिउँसो शरीरमा आगो लागेपछि उनका श्रीमान्ले दियो जलाउने क्रममा आगोले टिपेर कपडामा सल्किएको प्रतिक्रिया दिए । तर, पार्वतीको माइती पक्ष सजिलै घटना पत्याउने अवस्थामा छैनन् । पोस्ट मार्टमबाट पनि यथेष्ट प्रमाण नखुल्ने भएकाले भिसेराकै लागि अनुरोध गरिएको मृतकका भाई ध्रुव ढकालले बताए ।

किरियापुत्री रहेको घरमा अचानक कहालीलाग्दो घटना भएपछि छरछिमेक, महिलाको माइती पक्ष र पुलिसलाई खबर गर्नुको साटो परिवारले आगजनी भएको ठाउँ सफा गरेर डेटोल छरेर राखेको मृतकको भाइ ध्रुव बताउँछन् । परिवारका अन्य सदस्यको व्यवहार यातनापूर्ण रहनुले दिदीको आफैँ आगजनी नभई हत्या भएको हुन सक्ने भनी उनका अर्का भाइ बद्रिप्रसाद ढकालले जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका छन् ।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया