अस्पतालमा उपचार गराउने संक्रमित घट्दै

अन‌ि यो पनि

भरतपुर । चितवनका विभिन्न अस्पतालमा शुक्रबार ३१४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा अस्पतालहरुमा २ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा १०६ , चितवन मेडिकल कलेजमा ७९ , पुरानो मेडिकल कलेजमा ३०, क्यान्सर अस्पतालमा १४ र अन्य साना अस्पतालमा ३५ संक्रमित उपचाररत छन् । अन्य ५० संक्रमितहरु स्थानीय तहका आइसोलेसन केन्द्रमा रहेका छन् । उपचाररत संक्रमितहरुमध्ये भेन्टिलेटरमा ३४ , आइसियूमा १२१ , एचडियूमा ४२ जना छन् ।यस्तै चितवनका चार अस्पताल (भरतपुर, सिएमसी, सिएमएस र बीपी कोइराला क्यान्सर) बाट १९ जना संक्रमित डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घन्टामा मृत्यु हुने संक्रमितहरुमा दाङ र चितवनका र नवलपरासीका एक/एक जना रहेका छन् ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया