चेपाङ गाउँमा रोगभन्दा भोकको समस्या, मितेरीले गर्‍यो खाद्यान्न सहयोग

अन‌ि यो पनि

कोराक । मितेरी फाउन्डेसनले बिहीबार चितवनको पहाडी गाउँ कोराकको ढाँडखोला आसपासका चेपाङ परिवारलाई राहतस्वरुप खाद्यान्न वितरण गरेको छ ।

फाउन्डेसनले भृकुटीदेवी ट्रष्ट र कोभिड एलायन्स फर नेपालसँगको सहकार्यमा सहयोग जुटाएर राहत वितरण गरेको हो । ढाँडखोला वरपरका १२० घर परिवारले राहत पाएको फाउन्डेसनका सदस्य बालकृष्ण थपलियाले जानकारी दिए ।

राहतमा प्रतिपरिवारलाई ३० केजीको चामल एक बोरा, नुन ३ केजी, २ केजी दाल, १ लिटर तेल र मस्यौरा वितरण गरेको थपलियाले बताए । राहत वितरण गर्दै राप्ती नगरपालिका–१० का वडाध्यक्ष अम्बरबहादुर तमाङले पहाडी क्षेत्रमा कोरोना रोगको प्रकोप नभए पनि भोकको समस्या सुरू भएको बताए । चेपाङ समुदायलाई आफ्नै बारीको अन्नले वर्षभरी खान नपुग्ने अवस्था छ । त्यसैले निमेक मजदुरी गरेर अन्नको जोहो गर्दछन् ।

‘तर कोरोना बढेका कारण ठाउँठाउँमा निषेधाज्ञा छ । काम गर्न जान पाएका छैनन् । काम पनि छैन । गाउँमा बसेर आम्दानी हुने कुनै बाटो छैन । यो बेला चेपाङ गाउँमा सधैँ अन्न सकिन्थ्यो । अहिले अन्न नभएका बेलामा काममा पनि जान नपाउँदा समस्या थपियो’ वडाध्यक्ष तामाङले भने ।

कोराक क्षेत्र राप्ती नगरपालिका–१० मा पर्दछ । राहतका लागि स्थानीय निकायको कार्यक्रम तत्काल नभएका कारण संघसंस्थाको भर पर्नुपरेको छ । फाउन्डेसनले यसअघि राप्ती–१३ को कान्दाका सय घर र सोही वडाको च्याउदिङ वरपरका ७५ घरलाई यही परिणामको खाद्यान्न सहयोग गरेको थियो ।

फाउन्डेसन जिल्लाको विकट पहाडी गाउँ कान्दामा शिक्षा, कृषि र अन्य सामाजिक काममा सक्रिय छ । चेपाङको अवस्था र समस्याका बारेमा जानकार भएका कारण कोरोना संकटका बेला राहतस्वरुप खाद्यान्न सहयोग सुरू गरेको संस्थाका उपाध्यक्ष अनिता खनालको भनाइ छ ।

प्रतिकृया

मुख्य समाचार

रेडक्रसद्वारा ८५ परिवारलाई खाद्य सामग्री

रत्ननगर । नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौलीले दैनिक ज्यालादारी गरेर छाक टार्दै आएका विपन्न तथा मजदुरहरुलाई खाद्यान्न वितरण गरेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया