नयाँ शैक्षिक सत्र सुरू हुँदै, पाठ्यपुस्तक अभाव हुँदैन : जनक शिक्षा

अन‌ि यो पनि

–किशोर खनाल
भरतपुर । असारको पहिलो साताबाट सुरू हुने नयाँ शैक्षिक सत्रका लागि चितवनमा पुस्तकहरु आउन सुरू भएका छन् । कोरोनाको कहरमा पनि चितवनको संस्थागत तथा सामुदायिक विद्यालयहरुमा लगाइएका ८० प्रतिशतभन्दा बढी पुस्तकहरु बजारमा आइसकेका छन् । केही पुस्तक आउने क्रममा रहेका छन् ।

जनक शिक्षा सामग्री केन्द्र बागमती प्रदेश कार्यालय भरतपुरले १८ लाख ८७ हजार ३०८ सेट पुस्तक आइसकेको जनाएको छ । उक्त कार्यालयले ६ वटा जिल्लालाई पुस्तक पु¥याउने गर्छ । यसवर्ष कुनै किताबको पनि अभाव नहुने दाबी जनक शिक्षाले गरेको छ ।

निषेधाज्ञाको समयमा पनि स्टेसनरी व्यवसाय खोल्न सकिने र पुस्तक ढुवानी गर्ने सवारीसाधनहरु चल्न पाइने भएपछि यतिबेला स्टेसनरी व्यवसायीहरु पुस्तक खरिदमा जुटेका छन् ।

‘आवश्यकभन्दा बढी पुस्तक जनक शिक्षा सामग्रीमा आइसकेको छ, कुनै किताब अभाव हुँदैन । शैक्षिक सत्र सुरू हुँदै विद्यार्थीका हातहातमा पुस्तक पुग्छ’, जनक शिक्षा सामग्री केन्द्र बागमती प्रदेश कार्यालय भरतपुरका प्रमुख रामविनय श्रेष्ठले भने, ‘१४ लाख सेट पुस्तक भए ६ जिल्लालाई काफी पुग्छ, १८ लाख सेटभन्दा बढी पुस्तक आइसकेको छ, अभाव होइन पुस्तक स्टकमा रहन्छ ।’

सामग्री केन्द्र बागमती प्रदेशले बारा, पर्सा, रौतहट, चितवन, मकवानपुर र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ६ जिल्लालाई पुस्तक पुग्ने गरी आइसकेको र बढी भए बुटवललगायतका जिल्लाहरुमा पठाइने जनाएको छ । प्रमुख श्रेष्ठका अनुसार ६ जिल्लाका लागि यस शैक्षिक सत्रमा १९ करोड रूपैयाँबराबरको पुस्तक वितरण गरिनेछ, जसले जति मागे पनि पुुुस्तक दिइन्छ ।

शिक्षा विकास तथा समन्वय इकाइ चितवनका प्रमुख भूमिलाल सुवेदी चितवन जिल्लाका लागि डेढ लाख सेट पुस्तक भए पुग्ने बताउँछन् । उनी भन्छन्, ‘चितवन जिल्लामा संस्थागत र सामुदायिक गरी १ लाख ३४ हजार ८०२ जना विद्यार्थी छन्, जनसंख्या बढिरहेको चितवनमा केही विद्यार्थी बढेको भए पनि नयाँ शैक्षिक सत्रका लागि डेढ लाख सेट पुस्तक भए जिल्लालाई पुग्छ ।’

चितवन जिल्लामा संस्थागत र सामुदायिक गरी ६४ हजार १४२ छात्रा र ७० हजार ६६० छात्र छन् । प्रमुख सुवेदीले भने, ‘चितवनका सबै पालिकाले सामुदायिक विद्यालयहरुमा पुस्तक वितरण गर्ने योजना बनाउन सुरू गरेका छ ।’

उनले संस्थागत विद्यालयहरुले लगाउने पुस्तक पनि पब्लिकेसनहरुले बजारमा पठाइसकेको बताए । उनका अनुसार चितवनका संस्थागत विद्यालयहरुले नेपालीलगायतका केही पुस्तक जनक शिक्षा सामग्रीकै लगाएका छन् । उनले भने, ‘शैक्षिक सत्रको कक्षा सुरू हुनुअगावै प्रत्येक विद्यार्थीको हातहातमा पुस्तक पुग्छ, त्योअनुसार निर्देशन गरेका छौँ ।’

चितवनमा संस्थागत विद्यालयका सञ्जालहरु रहेका छन् । सोही सञ्जालले परीक्षामा प्रश्नपत्र बनाउने गर्छ । सोही सञ्जालले लगाउन भनिएको पुस्तकहरु नै संस्थागत विद्यालयहरुले लगाइरहेका छन् । संस्थागत विद्यालयहरुमा लगाइने पुस्तक पनि बजारमा आइरहेका छन् ।

प्रतिकृया

मुख्य समाचार

मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : २० मन्त्री जिम्मेवारीमुक्त

काठमाडौँ । सर्वोच्च अदालतले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया