नारायणी माविकी पूर्वशिक्षिका बनिन् सञ्चारमन्त्री

अन‌ि यो पनि

भरतपुर । भरतपुरको नारायणी नमुना माध्यमिक विद्यालयमा अंग्रेजी विषय अध्यापन गराउने पूर्वशिक्षिका नैनकला थापा नेपालको पहिलो महिला सञ्चारमन्त्री बनेकी छन् ।

बागलुङको भीमपोखरामा विसं २०१६ सालमा जन्मिएकी नैनकला एसएलसीपश्चात् आफू अध्ययन गरेकै बुटवलको कालिका माविमा शिक्षिका भइन् । विसं २०३८ सालमा नेकपा (चौंथो महाधिवेशन) बाट पार्र्टी सदस्यता लिएकी उनले रुपन्देहीको अखिल नेपाल महिला संघकी जिल्ला सचिव भइन् । उनको २०४० सालमा रामबहादुर थापा ‘बादल’सँग विवाह भएको थियो । भरतपुर महानगर–१० स्थित पुरानो मेडिकल कलेजअगाडि उनको निवास रहेको छ ।

नारायणी माविमा उनी उत्कृष्ट शिक्षिका घोषित भइन् । उनले सप्तगण्डकी बहुमुखी क्याम्पसमा स्नात्तकोत्तर तह अध्ययन गरेकी थिइन् । पढाइ र राजनीतिलाई एकैसाथ अघि बढाउँदै आएकी नैनकलाले नेपाल महिला संघको संयोजक हुँदै केन्द्रीय महासचिव भइन् । शान्ति प्रक्रियापछि राष्ट्रिय महिला आयोगको अध्यक्षको जिम्मेवारी सम्हालेकी थिइन् ।

 

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया