खाग तस्करीका आरोपित पक्राउ

अन‌ि यो पनि

कसरा । चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारेर खाग तस्करी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी गैँडाकोट–३ ढोडेनी बस्ने वर्ष ३२ का सोमा भन्ने मीनबहादुर गुरूङ भनेर चिनिने खड्कबहादुर गुरूङ रहेका छन् ।

गुरूङलाई निकुन्जबाट खटिएको चोरीसिकार नियन्त्रण इकाइको विशेष टोली, नेपाली सेना र गैँडाकोट इलाका प्रहरी कार्यालको संयुक्त टोलीले गत मंगलबार पक्राउ गरेको हो ।

चितवन राष्ट्रिय निकुन्जको लामो प्रयासपछि निकुन्ज क्षेत्रमा यस आर्थिक वर्ष भएका चारवटा चोरीसिकार घटनामा संलग्न रहेको आरोपमा गुरूङलाई समात्न सफल भएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए ।

अभियुक्त गुरूङ निकुन्जको आइल्यान्ड क्षेत्रमा गत वर्ष २०७७ भदौ १६ र १८ गते भएका गैँडाको सिकारमा हतियार उपलब्ध गराउने र आफैँ शुटसमेत गर्ने शुटर तस्कर रहेको अधिकारीले बताए ।

तस्कर गुरूङको साथबाट बन्दुकमा प्रयोग हुने बारूद पोका १२ थान, बन्दुकको बेयरिङ १५ थान, भरूवा बन्दुक बनाउन प्रयोग हुने रडसमेत बरामद गरिएको छ ।

अभियुक्त गुरूङविरूद्ध जिल्ला अदालत नवलपुरमा दुईवटा र जिल्ला अदालत चितवनमा एउटा गरी गैँडा मार्ने र खाग तस्करीको अभियोगमा तीनवटा मुद्दा दायर छन् । फरार रहँदै आएका उनी लगातार गैँडा चोरीसिकारका लागि ६ पटकसम्म निकुन्ज प्रवेश गरेको पाइएको र कम्तिमा चारवटा गैँडा मारेको बुझिन आएको सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए ।

यस आर्थिक वर्ष २०७७/७८ मा यससँगै गैँडा मुद्दामा २६ जना पक्राउ परेका छन् । सोमध्ये २२ जना हालसालैका घटनाका र चार जना फरार प्रतिवादीहरु पक्राउ परेको सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए ।

प्रतिकृया

मुख्य समाचार

अनेमसंघले बाँड्यो सुकुमबासीलाई खाद्यान्न

रत्ननगर । निषेधाज्ञाका कारण जीविकोपार्जनमा समस्या भोगिरहेका रत्ननगर वडा नं ८ का सुकुमबासी समुदायलाई शुक्रबार खाद्यान्न वितरण गरिएको छ...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया