बिहीबार १३६ जना कोरोना संक्रमणमुक्त, अस्पतालमा ३११ जना

अन‌ि यो पनि

चितवन २७ जेठ । चितवनमा बिहीबार १३६ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य कार्यालय चितवनको तथ्यांकअनुसार जिल्लामा कोरोना संक्रमितको संख्या कम हुँदै जाँदा संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ। केही दिनयता सक्रिय संक्रमित पनि संक्रमणमुक्त हुने क्रम तथा नयाँ संक्रमित थपिने र सक्रिय संक्रमितको संख्या घट्दै जाँदा जोखिम पनि बिस्तारै कम हुँदै गएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारी बताउँछन्।

अस्पतालमा ३११, भेन्टिलेटरमा ४३ र आइसियूमा ११६

चितवनका अस्पतालमा हाल ३११ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। तीमध्ये ३२ जना भेन्टिलेटरमा छन्। ११६ जना आइसियूमा र १४९ जना एचडियूमा उपचाररत रहेका कार्यालय प्रमुख तिवारीले बताए।

८ जनाको मृत्यु

बिहीबार चितवनका अस्पतालमा चितवनकै ६ जनासहित ८ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्। भरतपुर अस्पतालमा चितवनका तीन जना र चितवन मेडिकल कलेजमा चितवनका तीन जना, बारा र गोरखाका एक/एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

३० जना घर फर्किए

चितवनका अस्पतालबाट बिहीबार ३० जना कोरोना संक्रमणमुक्त भएका छन्। भरतपुर अस्पतालबाट ११ जना, चितवन मेडिकल कलेजबाट ६ जना, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालबाट १० जना र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट तीन जना संक्रमणमुक्त भएर घर फर्किएका हुन्।

तथ्यांक : स्वास्थ्य कार्यालय चितवन

No photo description available.

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया