चितवनमा थपिए ८२ संक्रमित, गुमाए ६ जनाले ज्यान

अन‌ि यो पनि

चितवन २७ जेठ । पछिल्लो २४ घण्टामा चितवनमा ८२ जना कोरोना संक्रमित थपिएका छन्। भरतपुर महानगरपालिकाका ६० जना, रत्ननगर नगरपालिकामा १० जना, कालिका नगरपालिकामा ६ जना, इच्छाकामना गाउँपालिकामा चार जना र राप्ती नगरपालिका र माडी नगरपालिकामा एक/एकजना स‌क्रमित थपिएका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

बिहीबार थपिएको संक्रमितसँगै चितवनमा कोरोना संक्रमितको कुल संख्या १४ हजार ७२३ जना पुगेको छ। तीमध्ये एक हजार ६६९ जना सक्रिय संक्रमितको विभिन्न माध्यमबाट उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले बताइन्।

सक्रिय संक्रमितमध्ये पनि १३४ जना अस्पतालको आइसोलेसन वार्डमा छन् भने ३४ जना स्थानीय तहले स्थापना गरेको आइसोलेसन वार्डमा उपचाररत छन्। बाँकी एक हजार ५०१ जना भने घरमै बसेर स्वास्थ्य लाभ गरिरहेका छन्।

बिहीबार ६ जनाको मृत्यु

चितवनमा बिहीबार एकैदिन ६ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा तीन/तीन जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनको तथ्यांकमा उल्लेख छ। योसँगै चितवनमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २३९ जना पुगेको छ। कुल संक्रमितमध्ये १२ हजार ८१५ जना भने संक्रमणमुक्त भइसकेका छन्।

तथ्यांक स्रोत : स्वास्थ्य कार्यालय चितवन

No photo description available.

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया