रत्ननगरका ६० परिवारलाई खाद्यान्न वितरण

अन‌ि यो पनि

रत्ननगर । चितवनको रत्ननगर नगरपालिका तीन वटा वडाका अति विपन्न परिवारलाई बिहीवार सामाग्री वितरण गरिएको छ । नेपाली मजदुर एकता सामाज इटलीले विभिन्न दाताहरुबाट आर्थिक सहयोग संकलन गरी वडा नं ५,६ र ७ का ६० परिवारलाई राहत वितरण गरेको हो ।

वडा नं ६ बछौलीमा आयोजित कार्यक्रममा समाजका केन्द्रीय प्रबक्ता विजय भूषाल, प्रतिनिधि मुना पाण्डे र स्थानीय समाजसेवी लोकराज भूषालले सयुक्तरुपमा राहत सामाग्री हस्तान्तरण गरेका थिए । निषेधाज्ञाका कारण समस्यामा परेका अतिविपन्न परिवारलाई प्रतिपरिवार १५ किलो चामल,दाल,नुन र तेल प्रदान छ । बछौली निवासी समाजका प्रबक्ता भूषालको सक्रियतामा आर्थिक सहयोग संकलन गरी राहत वितरण गरिएको हो ।

आर्थिक कमजोर रहेकाहरु भित्रबाट पनि अतिविपन्नको पहिचान गरी राहत वितरण गरिएको हो । राहत हस्तान्तरण कार्यक्रममा स्थानीय समाजसेवीहरु रामचन्द्र सापकोटा,अशोक दराई,सिंह बहादुर तामाङ,सुर्यबहादुर तामाङ,बुद्धि पौडेल,सुदन महतो,कृष्ण सापकोटा,प्रदिप सापकोटा लगायतको सहभागिता रहेको थियो । यसैबीच समाजले कोरोना नियन्त्रणको लागि खटिएको प्रहरी चौकी बछौलीलाई पनि स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको छ ।

प्रतिकृया

मुख्य समाचार

‘सुस्तः श्रवण बालबालिकाको ‘तारा’ हुनुहुन्थ्यो, कोरोनाले चुँड्यो’

भरतपुर । ‘सुस्तः श्रवणका विद्यार्थीसँग कुनै हाउभाउ छैन । उनीहरु निशव्द छन् । अभिभावकविहीन महसुस गरेका छन् । बोल्न...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया