रत्ननगरमा महिला उद्यमी सञ्जाल गठन

अन‌ि यो पनि

रत्ननगर । रत्ननगर नगरपालिका भित्रका महिला सहकारीहरुका पदाधिकारीहरुको विहीवार सम्पन्न भेलाले स्थानीय तहको महिला उद्यमी सञ्जाल गठन गरेको छ । भेलाले पार्वती न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय सञ्जाल गठन गरिएको हो ।

सञ्जालको उपाध्यक्षमा भगवती घिमिरे,सचिवमा मीना कुमारी ढकाल र सह लक्ष्मी चौधर,कोषाध्यक्षमा सानुमाया थापामगर र सदस्यहरुमा फुलकुमारी लामा,लक्ष्मी थापा,सम्झना घिमिरे,सोमिय महतो तथा पिठुवा नारी चेतना साकोस रहेका छन् । रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी प्रमुख अतिथि रहेको सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले सञ्जालको गठन गर्नुको उद्देश्यको बारेमा प्रकास पारेका थिए ।

कार्यक्रममा महिला विकास अधिकृत दीपा घिमिरे,महिला विकास निरीक्षक रञ्जना पौडेल,सहकारी शाखा प्रमुख ग्रिष्मा शर्मा सापकोटाले सहजीकरण गरेका थिए । नवगठित सञ्जालकी अध्यक्ष न्यौपानेले महिला सहकारीहरुलाई अझ सबल र सक्षम बनाउदै सहकारीका सदस्य महिनाहरुलाई उद्यमी बनाउने गरी काम अगाडि बढाउने प्रतिबद्धता जनाइन ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया