गैंडाको खाग फेला

अन‌ि यो पनि

भरतपुर, जेठ २७ । गैंडा एकआपसमा जुधेर भाँचिएको गैडाको सिङ (खाग) फेला परेको छ । नवजागृति सामुदायिक वन भरतपुर र चतुर्मुखी सामुदायिक वनको सिमाना नजिक खगेरी खोलाको छेउमा आज बिहीबार गैंंडाको भाचिएको सिग फेला परेको हो ।

हिजो बुधबार अन्दाज़ी साँझ ६ बजे भरतपुर–११ कमलादेवी टोल निवासी डम्बर बिकले सामुदायिक वनमा न्युरो टिपेर फर्कने क्रममा उक्त सिंङलाई देखेका थिए । घर पुग्दा रात परिसकेकोले कसैलाई खबर गर्न नपाए पछि आज बिहीबार बिहान आफनो टोलको अध्यक्षलाई जानकारी गराएको र अध्यक्षले जिल्ला वन कार्यालयलाई खवर गरेको टोलका अध्यक्षले जानकारी दिए ।

गैडाको सिंग भाँचिएर रहेको उक्त क्षेत्रमा गैंडा जुधेर रगाताम्य रहेको छ । गैंडा घाइते भइ रगत चुहाउँदै जंगलतिर प्रवेश गरेको र उक्त गैंडा खतरा अवस्थामा हुनसक्ने सम्भावना भएको कारण बिहान नै जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारी जिल्ला वन कार्यालयका अधिकृत पदमराज नेपाल, सशश्त्र वन रक्षक कर्मचारी र सामुदायिक वनका कार्यसमिति कर्मचारी भइ खोजी कार्य गरेपनि फेला पार्न सकिएको छैन।

गैडाको सिंङलाई जिल्ला प्रहरी कार्यालयका प्रमुख ओम प्रसाद अधिकारी ,जिल्ला वन कार्यलय चितवन प्रमुख, सामुदायिक वनको कर्मचारीहरुको रोहवरमा मुचुल्का बनाई जिल्ला वन कार्यालय लगिएको छ ।

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया